• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
स्वास्थ्य

थपिए ३ हजार ६११ कोरोना संक्रमित,२७ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको आरटी(पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार