• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
स्वास्थ्य

थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि,२३ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार २३७रहेको मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेको छ ।

 

हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म १७ लाख दश हजार ४६० जनाको पीसीआर परीक्षण गरिएको  मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार