स्काउटबाट समाज सेवा
दुख पाएका मानिसहरुलाई सहयोगी हात बढाउँदा उसको ओठमा आउने मन्द मुस्कानले मनमा एक प्रकारको सहयोगी तरङ्ग उत्पन्न हुन्थ्यो । त्यही तरङ्गहरु नै सेवा भावको मूल रुप बनेको छ गुणराज प्याकुरेल ३८ लाई ।
मानव सहयोगको बिभिन्न रुप हुने गर्छन् । कोही क्लवको माध्यमले लागेका हुन्छन्, कोही बिभिन्न सामाजिक संस्थाको माध्यमले लागेका हुन्छन् । प्याकुरेलले भने समाज सेवाको माध्यमको रुपमा स्काउट लाई छानेका रहेछन् ।
बजारमा हिड्दा भनौ वा बिधालयमा आफूभन्दा सिनियरले स्काउटको पोशाक लगाएर बिभिन्न चाडपर्वमा मठ मन्दिर लगायतका स्थानहरुमा लाम मिलाएको देख्दा आफूलाई पनि उक्त कार्यले आर्कषित तुल्याएको भन्छन् प्याकुरेल ।
बिजय स्मारक माध्यामिक बिधालय डिल्लीबजारमा कक्षा ६ मा अध्धयन गर्दा मात्र १३ वर्षका रहेछन् । त्यही बेला महाशिवरात्री पर्वको मौका पारी उनले आफनो सपनाको पहिलो खुडकिलो तय गरे स्काउटको पोसाक पहिरिएर । पहिलो पटक खैरो रङको पोसाकको साथमा घाटीमा झुन्डिएको स्काउट टाई र कालो टोपीले उनको सपनालाई समाजसेवाको मोड तिर घचेट्दा अर्कै आन्नद महसुस भएको बताए प्याकुरेलले आफनै शब्दमा ।
स्काउटको पोसाकमा सजिदा र महाशिवरात्रीमा साथीभाईहरुको साथ लागेर दर्शनार्थीहरुलाई लामबद्ध गर्दाको क्षण उनी अहिले पनि झल्झलती सम्झन्छन् । पहिलो पटक स्काउट पोसाकमा सजिएर लाम मिलाउदा ब्राम्हण परिवारका उनलाई बाहिरी खानाको बन्देज रहेछ । दरबारको पुरेत रहेका उनका पिताको आदेशलाई सर्वोपरी ठान्दै घरमा आएर धोती फेरेर भान्छामा बसेको याद अझै उनको मनमा रहेछ। समाजसेवाको आधार स्काउटलाई बनाएर अघि बढेका प्याकुरेलले स्काउटका बिभिन्न बिधाहरुमा तालिम प्राप्त गरेका रहेछन्।
स्काउट कै माध्यमले बिभिन्न अवस्थामा नेपाल लगायत अन्य बाहिरी मुलुकहरुमा आई परेका दैवी प्रकोपहरुमा सहयोगीको हात पनि उनले बढाएका रहेछन्। यसरी बिदेशी भूमिमा गएर त्यहाका मानिसहरुलाई सहयोग गर्न पाउनुको आन्नद अर्कै हुन्छ । यही उनको सहयोगी भूमीकाका कारण उनले बिभिन्न सम्मानहरु प्राप्त गरेका रहेछन् ।
निष्पक्ष र निडर स्काउट लिडर प्याकुरेलले नेपाल स्काउटका प्रत्येक गतिबिधीहरुलाई नजिक बाट नियालेका रहेछन् । नेतृत्वको कार्यलाई राम्रो सुझाव दिदादिदै पनि उनी नेतृत्वको कोपभाजनमा परि नै रहे । त्यसैको प्रतिकार स्वरुप स्काउट नेतृत्व बिरुद्ध ०७१ सालमा २१ दिने आमरण अनशन पनि बसे उनी ।
कोही कसैबाट पिडित छ । कसैले आफूले पाउनु पर्ने अधिकार पाएको छैन भने त्यो देखेर उनको भित्री मन जलेर आउथ्यो । यसरी पिडितलाई न्याय दिलाउने र उनीहरुको आवाज सुन्ने हेतुले उनले मानव अधिकारको युवा सञ्जालमा पनि हात हालेका रहेछन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने क्रममा शसस्त्र प्रहरीलाई दिइएको पुस्तक र दुईलाख जनालाई मानव अधिकार सम्वन्धि शिक्षाले पनि उनले मानव अधिकारको बारेमा धेरै बुझन पाएका रहेछन् ।
सधै नयाँ काम नयाँ सोचका लागीरहने प्याकुरेलले ०७२ सालको भूकम्पमा आफनो समूहलाई एकिकृत गरेर भूकम्प पिडितलाई सहयोग गरेका रहेछन् । त्यो समयमा भूकम्प पिडितलाई खाना खुवाउने देखी उनीहरुको बासको प्रवन्ध पनि उनी जुटे। हाल सम्म सेवा भावको कारणले ३५ राष्टहरुमा पाइला राखेका उनी भन्छन् , पारिवारिक बातावरण र बिना रोकतोकका कारण आफू अगाडी बढेको हो । कमाउ खाउ भन्ने उनमा कहिले पनि आएन् । स्काउटको काममा जादा आएको भत्तालाई उनले स्काउट कोषमा जम्मा गर्ने गरेका रहेछन् । आम्दानी भनेको मानिसहरु संग पहिचान बनाउने हो । त्यसैले समाजसेवाको कार्यमा पूर्ण रुपमा सन्तुष्टी छ । आम्दानी छैन् ।
कोरोना भाइरसका कारण अहिले देश पूर्ण लकडाउनको अवस्थामा छ । यसरी लकडाउनका कारणले दैनिक ज्यालादारी गर्ने देखी लिएर बिपन्न वर्गहरु मारमा परिरहेको अवस्थामा उनीहरुको लागी के गर्न सकिन्छ भनेर प्याकुरेल मन खेलाइरहन्थे । नभन्दै न आंट म पुर्याईदिन्छु भने झै उनले ५७ दिनमा १८ हजार लकडाउन पिडितहरुलाई निशुल्क एक छाक भोजनको बन्दोबस्त गरे। पहिलो १२ जाना बाट सुरु भएको उनको भोजन गराउने यात्रा दैनिक ५ सय ८० जाना सम्म पुगेको रहेछ । उनको यिनै कार्यहरुको सम्मान स्वरुप तालिम युनिर्भसल युनिर्भसिटीले उनलाई सन् २०१८ मानार्थ बिधावारीधि पनि दिएको रहेछ । भने बेला बेलामा बिभिन्न अन्तराष्ट्रिय पदकहरुले पनि सम्मानित भएका रहेछन् ।
समाज सेवा गर्छु भनेर गरिने होइन यसको लागी मोटीभेशन फ्याक्टरको जरुरी पर्छ । आफूमा भएको मोटीभेशनका कारण आज आफूले समाजलाई केही दिन सकेको बताउँछन् प्याकुरेल ।
प्रस्तुति : सुधीर
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस