• आइतबार ६-११-२०७७/Sunday 09-27-2020
जीवनको प्रेरणा

दुखी गरिबका सहयोगी : मिन्हाज

काठमाडौं । कोरोना भाइरसका कारण आज पुरा बिश्व अक्रान्त बनेको अवस्थामा नेपाल पनि यसबाट अछुत रहने कुरा भएन् । नेपालमा दिनप्रति दिन बढ्दै गइरहेको संक्रमितको संख्या र यसबाट प्रभावित परिवारलाई दैनिक गुजारा चलाउन हम्मे-हम्मे परेको छ । यसरी अहिले दैनिक रुपमा गुजारा चलाउन मुश्किल भएका मानिसहरुको काम भनेको सरकारले बाँड्ने राहतको जानकारी मोवाइल मार्फत लिने र कहाँ बाडेको छ भन्दै लाम बस्ने भएको छ  भने अहिले मानिसहरुले केही जोहो गरेर राखेको खर्च सकिएको अवस्था छ । अनि भोको पेटको लागी मानिसले के गर्छ चोरी, डकैती,लुटपाट आदि इत्यादी । 


यिनै अवस्थाहरुको साक्षी बनी नजिक बाट नियालेर समाधानको बाटो खोजी दिएका छन् मिन्हाज खान ३९ ले । हरेक दिनजसो दुखी गरिबको सहयोगीा बनेका खानको आगनमा पाइला टेक्नेले भोको पेट बस्नु पर्दैन् । आफू आधा पेट खाएर भएपनि अरुको भोक मेटाउन उनी तल्लिन छन् । जीवन जीउनुको मूल अर्थ भनेको नै समाजसेवा मिन्हाजको शब्दमा। खर्चको नाममा २ सय ५० रुपैयाँ लिएर राजधानी छिरेका खान परिवारले संर्घषका दिनहरु निकै देखे राजधानीमा। पारिवारीक पेशा नै कपडामा बुट्टा भर्ने । राजधानी छिर्दा मिन्हाजका पिता खाली १३ वर्षका मात्र रहेछन् । राजधानी आएको केही समयपछि मिन्हाजका पिता समिम खाँनलाई दरबारबाट ढाकाको बिशेष पहिरनको अर्डर आयो । सामान्य बुट्टा हान्ने काममा तल्लिन रहेको खाँन परिवारलाई त्यो समयमा दरबारबाट अर्डर आउनु ठूलो कुरा थियो । मिन्हाजका पिता समिमले आफनो वाक्यलाई पूरा गरेर छाडे । दरबारले चाहे अनुसारको ढाकाको अर्डर उनीहरुले पुराए । कपडाको ब्वसाय खाँन परिवारलाई फाप्दै गयो । यहि उनीहरुको पारिवारीक पेशा पनि बन्यो ।


उरन्ठेउलो उमेर घुमफीर र साथीभाई मिन्हाजका दिनचर्या थिए । भने पारिवारीक अनुसाशनले उनलाई दुर्नीयत तर्फको बाटो भने समाउन दिएन । पारिवारीक सामीप्य र गुणका कारण कपडा ब्यवसायलाई निरन्तरता दिए । ठूला ठूला आँखा हेर्दै भन्छन्, यो खानदानी पेशा हो नि ? टेक्सटाइल (कपडा)  ब्यापारको क्रममा डाइङलाई माध्यम बनाएर बजार ब्यवस्थापकको काम सुरु गरेका मिन्हाजले जीवनको अधिकांश समय पिता समिमको सहयोगीको रुपमा बिताएको बताउँछन्। त्यसैबाट उनले आफूमा ब्यापार गर्ने कलाको ज्ञान पनि बटुले । ब्यापारीक कारोबारको सिलसिलामा राजधानीका पुराना बजारहरुका गल्ली देखी बिभिन्न स्थानहरुको जानकारी खाँनको मानसपटलमा अझै पनि अल्झेको रहेछ । भन्छन्, ‘जता गएपनि त्यही पुगीने । कहिले काही त बिरक्त पनि लाग्छ ।’ 

 

ब्यवसायीक कारोबार सँगै समाजसेवालाई पनि आफनो एउटा पाटो बनाएका मिन्हाजलाई आफनो पिताले ०७२ सालको भूकम्पले तितरबितर भएको समयमा दैनिक ६०/७० जानालाई १५ दिनसम्म निशुल्क खाना खुवाएर पिताजीले समाजप्रति देखाउनु भएको सदासयताले गर्दा पनि मिन्हाजलाई आज समाज प्रति सेवा भावको लगाव बढेको रहेछ । पिता समिममा साच्चै समाजसेवी भाव थियो । दुखी पिडितलाई आवश्यकीय सामाग्रीहरु उपलब्ध गराउन पाउनु नै उहाँको खुशी यही खुशीलाई नै मिन्हाज आफनो उपलब्धी ठान्छन् ।आफना पिता प्रति निकै बफादार बनेका मिन्हाज राजधानीमा पानीको हाहाकार भएको समयमा काँधमा गाग्री बोकेर हिडेका मानिसहरु लाई देख्दा आफना पिताले देखाएको सद्भावलाई कहिले पनि भुल्दैनन् । त्योबेला उनीहरुको बसाई रहेछ मित्रपार्क । यो एरियामा समिम खानलाई नचिन्ने बिरलै होलान् भन्छन्, मिन्हाज । 


पिता समिमको गुण नै मिन्हाजमा देखिएको छ । मिन्हाज भन्छन्,‘उनको छिमेकी भोको छ भने आफूले लिएको खाना आफनो लागी हराम हो ।’ आफूमा भएको सम्पूर्ण समाजसेवी गुण आफनो छोरामा सुम्पिएर ४ महिना अघि यस धर्तीबाट बिदा भएका समिम आज हामी सामु नभएपनि उनका माहिला छोरा मिन्हाज खानले समाजसेवाको माध्यमबाट आफनो पिताको मनोभाव पूरा गरिरहेका छन् । 


मिन्हाजले बसीबियाँलोको लागि कफि विथ मेन्ज पनि चलाएका रहेछन् । त्यही कफि  विथ मेन्जको सोफामा अडेस लगाएर गफिदै गर्दा मिन्हाज भन्दै थिए ,‘मेरो बोली ठाडो छ,आँखा ठूलो छ तर पनि मेरो मन ठूलो  छ । त्यसैले त समाजमा घुलमिल हुन् सकें । ‘प्रकोपको बारे मिन्हाज धारणा अलि अलग थियो’, उनी भन्दै थिए, ‘असन्तुलित समाजका कारण आज यो अवस्था आएको हो ।’


सडक बालबालिका, रिक्सा चालक लगायत मानिसहरुसँग आत्मीय सम्वन्ध बनाएका मिन्हाजलाई हरेक दिन यिनीहरुले आफनो दैनिकी कसरी चलाई रहेछन् भन्ने चिन्ताले सताउँदो रहेछ । उनीहरुको बास्तबीक पिता बनेका छन् मिन्हाज । हरेक दिन मनमैजु देखि ठमेलसम्म आउँदा बाटोमा देखीएका चरित्रहरुलाई मिन्हाजले आफनो मन मस्तिकमा राख्ने गरेका रहेछन् । ती चरित्रहरुका बारे सोचेर नै आफ सडकमा उत्तेको मिन्हाज बताउँछन् । भावना र शुद्ध मनको समायोजन हो सामाजिक सेवा । जहाँ चाहना त्यहाँ उपाय भने जस्तै अहिले मिन्हाजलाई एक मिनेट पनि फुर्सद छैन् । मोवाइलले पनि फुर्सद पाउन छाड्यो । सामाजिक सञ्जालमा  आफना बारे आएका अभिब्यक्तिलाई केलाउदै मिन्हाज भन्छन्, ‘जीवन नै सेवा हो’ । गत चैत्र १२ गते लकडाउनको सुरुवातसँगै पहिलो दिन ६० जाना भोकालाई आफनै कफि सपबाट निःशुल्क बिरयानी बाँड्न सुरु गरेका मिन्हाजकोमा अहिले  बिरयानी लिनेको संख्या दैनिक दुई सय पुगिसकेको छ ।

 

लकडाउनको ६२औ दिनसम्म आईपुग्दा पनि मिन्हाजको भकारी रित्तिएको छैन् सहयोगी हातहरु बढ्दै छन् । सुरुमा होस्टल, ज्वलरी सप र कफी सपको आम्दानीलाई समाजसेवामा लगाएका मिन्हाजका पछाडी सहयोगी हातहरु बढ्दै गए । त्यही होस्टल , ज्वलरी र कफी सपको समायोजन नै अहिले मेन्ज फाउन्डेसन बनेको छ । त आँट म पुराईदिन्छु अहिले मिन्हाजलाई त्यही भएको छ । 


सामाजिक सेवाको हरेक पाइलामा आफना पिताको पदछापलाई सम्झने मिन्हाज आफनो पिताले भूकम्प पिडितलाई पुराएको सहयोगका कारण आज आफूले यति गर्न सकेको भन्न छुटाउँदैनन् । उनको फाउन्डेसनको सेवा अहिले खानामा मात्र सिमित रहेन मिँन्हाजले अहिले स्वास्थ्य सामाग्रीका साधनहरु बिभिन्न संघ संस्थाहरुलाई निःशुल्क उपलब्ध गराईरहेका छन् । पहिलो फेजमा ८ सय थान पर्सनल प्रोटेक्टिभ इक्युवमेन्ट (पीपीई) बिभिन्न संघ संस्थालाई निःशुुल्क उपलब्ध गराएका मिन्हाजले हालसम्म लगभग १६ सयको हारहारिमा स्वास्थ्य सामाग्रीहरु निशुल्क रुपमा बिभिन्न संघसंस्थालाई उपल्वध गराईसकेका छन् ।   समाजसेवालाई नै आफनो धरोहर ठान्ने मिन्हाज कुराकानीलाई बिट मार्दै भन्छन्, ‘जसले एक हातले दिन्छ, उसले दुई हातले पाउँछ । यो संसारको नियम हो ।’ 

 

प्रस्तुति :सुधीर नेपाल

    
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार