• आइतबार २-६-२०८१/Sunday 05-19-2024
बिश्व

कोभिड–१९ : राष्ट्रिय लकडाउनबाट के प्राप्त भयो ?

लकडाउन- १७

काठमाडौं । बिश्वमा सबैभन्दा धेरै लकडाउनमा परेको देश भारतमा करिब १.३ मिलियन मानिसहरु कोरोना भाइरसको (कोभिड–१९) कारण घरमा मै बसिरहेका छन् । दुई चरणमा भएक लकडाउनहरु सकिए पछि सरकारी अधिकारीहरुले महत्वपूर्ण उपलब्धि भएको दाबी गरिरहेका छन् । 


उनीहरुका महत्वपूर्ण उपलव्धीहरु मध्य एक भनेको यो रोग एक अर्कामा सर्न रोकिएको छ । भारतको लाल अग्रवाल, युनियन स्वास्थ्य मन्त्रालयका सचिव, संक्रमितको संख्या दोब्बर हुने समय  १२ दिन भन्दा बढी भएको दाबी गर्छन । मार्च २५ मा लकडाउन सुरु हुनु अघि दोब्बर हुने समय थियो । तर के यो ठिक मापदण्ड थियो ?


स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य ब्यवस्था स्रोत केन्द्रका भुतपुर्व प्रमुख, टी सुन्दररमन भन्छन,  ‘आज, हामीसँग ४५,००० भन्दा बढी संक्रमितहरु छन । सरकार यसलाई उपलव्धी मान्छ किनभने ९०,००० संक्रमति पुग्न लामो समय लागेको छ ।’ उनी भन्छन, ‘तर हामीले यसलाई एकदम तलबाट हेर्नुपर्छ । यो सामान्य बुझाइ हो कि हजारको तुलनामा जब संक्रमतिहरु सयमा छ भने दोब्बर हुन् थोरै दिन लाग्छ । 


सूचक र दृष्टिकोण
संक्रमितहरुको संख्या बढेको हेर्ने अर्को तरिका भनेको तीन दिनमा औसत कति बढ्छ भनेर हो । अहिले भारतको तीन दिनको औसत संक्रमित संख्या ३,०६० हो । कोभिड–१९ ट्रयाक गर्ने निजि यन्त्र वोर्लडोमिटरका अनुसार यो संख्या लकडाउनको सुरुमा मात्र ७६ थियो ।


यो सूचकको बारेमा भारतले अन्य असर परेको देशहरुसँग कसरी तुलना गरेको छ । भारतभन्दा धेरै संक्रमितहरुको संख्या भएको १० देशहरु हेर्दा ब्राजिल र रुस बाहेक सबैसँग सुरुको तीन दिनमा खासै केस थिएन । यो हिसाब किताब भित्र स्पेन, बेलायत, अमेरिका र इटाली पर्दैनन् किनभने अध्ययनले बढ्दो गति हेरेको थियो ।


महामारीविद् ज्याकोभ जोनले लकडाउन घोषणा गर्दा ५७१ केस थिए भने त्यसपछि संक्रमतिको संख्या ८० को दरले बढेको बताए । उनले भने, ‘यदि तपाई १०० प्रतिशतले बढ्ने आशा गर्नुहुन्छ भने त्यो अवस्थामा यो संख्या हुनु खुशीको कुरा हो । 


‘जब पुरै देश लकडाउनमा छ भने यो संख्या कसरी यस्तो भयो ? यो कृतिम रुपमा तयार गरिएको तस्थांक हो । सहि संख्या र केसहरु लकडाउन सकिएपछि मात्र आउने छ,’ युनियन मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीको अन्तर्गत काम गर्ने एक संस्थामा कार्यरत नाम नखुलाउने सर्तमा एक  बरिष्ट बैज्ञानिकले भने, भारत त्यस्तो देशहरुमा पर्छ जहाँ ४५,००० भन्दा धेरै संक्रमितको संख्या हुँदा पनि समुदायमा फैलिएको छैन । संक्रमतिहरु सन्चो हुने दर हेर्दा २७.४२५ देखिन्छ । विश्वको औसद भनेको ३२५ हो – भारतको नाजिकको अर्को देश ३०५ सहित पेरु रहेको छ । 


हामीले जाँचको लागि कति तयारी गरेका थियौं ? 
अब यो पुरानो कुरा भईसक्यो कि लकडाउनले हामीलाई केहि पनि सहयोग गर्दैन तर यसले  कोरोना भाइरस समुदायमा फैलिन रोक्छ । सबैभन्दा आवश्यक भनेको धेरै जाँच गर्ने तयारी गर्नुथियो । सरकारले लकडाउनको सुरुवातमा दैनिक केहि हजारलाई मात्र जाँच गर्ने गर्थ्यो भने अहिले दैनिक ६०,००० लाई जाँच गरिएको पाइन्छ । 


भारतमा प्रति हजार जनसंख्यामा ०.८६ ले कोरोना भए नभएको जाँच गर्न पाएका छन जुन बिश्वमा भईरहेको अहिलेको अवस्थामा एकदम तलतिर छ–केन्या, इथोपिया, नाइजेरिया, नेपाल, म्यान्मार, इन्डोनेसिया र मेक्सिको भन्दा मात्र राम्रो देखिन्छ । सेनेगल, युगान्डा, जिम्बावे र छिमेकी पाकिस्तान र भारतले भन्दा राम्रो गरिरहेको अक्सफोर्ड बिश्वबिधालयहरुको तथ्यांकले देखाउँछ । वासिंङटन बिश्वबिधालयमा कार्यरत  रमनन लक्ष्मीनारायण भन्छन, जाँच गर्ने संख्या त बढ्यो तर अब यसको शैली परिवर्तन गर्नुपर्छ । उनी भन्छन, ‘अहिलेसम्म भारतले व्यक्तिगत केश पत्ता लगाउने र यस रोगको संक्रमित कति फैलिएको छ भनेर हेरिरहेको छ । अब भारतले धेरै भन्दा धेरै जाँच गर्नुपर्छ ताकि जोखिममा रहेका बृद्ध जनसंख्याको पहिचान होस् र उनीहरुको उपचार होस् । भारतले हरेक दिन ५ लाख मानिसको जाँच गर्न सक्नुपर्छ ।’ 


तर सरकारी अधिकारीहरु यो मान्न तयार छैनन् कि पर्याप्त जाँच भएको छैन । सिके मिश्र, प्रधानमन्त्री कार्यलयमा कोभिड–१९ समुहका ११ जना मध्य एक हुन । उनी भन्छन्, लकडाउन अघि जाँच गरिएका मध्य ५.७ मानिसलाई मात्र यो रोग थियो । तर जाँच बढाउँदै लाग्दा त्यो संख्या उस्तै रह्यो – ४.५५ । उनका अनुसार यसले के जनाउँछ भने सरकारले कुनैपनि संक्रमितको केश छुटाएको छैन । तर स्टिभ ह्यांक, जोन हप्किन्सका अर्थसास्त्र र बिश्व स्वास्थ्यका सस्थापक भन्छन, ‘यो संख्याले एकदम थोरै देखाउँछ । भारतको हरेक राज्य अनुसार यो तस्थांक एकदम धेरै फरक परेको छ ।  केरलामा कोरना हुने संख्या १.९१५ छ  भने अन्य राज्य जस्तै महाराष्ट्र र गुजरातमा क्रमश : ७.३५ र ७.४५ छ ।’

  
सबै सार्वजनिक स्वास्थ्यविद्ले स्वीकार्य गरे कि जब यो कोरोना कुनै समुदायमा फैलिने छ तब यस्तो जाँच गर्नु निम्नलाई मात्र जाच्नु उचित हुनेछैन : 


–यात्रा गरेका र संक्रमित इतिहास

 
–बिरामी भएको लक्षण देखिएकालाई 


लकडाउन खुल्ने बित्तिकै सबैको जाँच गर्न जरुरी छ । बिशेषगरी तीनको जसमा रुघाखोकी, ज्वरो देखिन्छ । सुन्दररमन भन्छन, ‘जतिबेला हरेक दिन महत्वपूर्ण थियो त्यतिबेला जाँच गर्ने साधनलाई स्वीकर गर्ने कि नगर्ने भन्ने कुरामा भारतले १५ दिन बखेडा निमत्यायो । मलाई लाग्छ हामीले हेरक दिन काम गर्ने बेलामा नै यो सिकिरहेका छौं ।’ उनका अनुसार  विदेशबाट जाँच गर्ने सामाग्रीहरु आउन अघि नै धेरै उधोग र सरकारी संस्थाहरुले भारतमा नै भाइरसबाट जोगिने सामाग्रीहरु बनायो । उनी भन्छन, ‘यी सामाग्रीहरु सस्तो छ । अरु देशहरु बीच भारत जहाँ लाखौँको जाँच गर्नुछ – ले यो बिधिभन्दा पर रहेर सोच्नुपर्छ ।’ 


अन्त्यमा 
भारतसँग अहिलेको अवस्थामा १.९५ लाख आइसोलेसन बिस्तारा, २६,६४४ आइसीयु बिस्तारा, र १२,७३१ भेन्टिलेटर उपलब्ध छन । एक अध्ययन अनुसार तीन महिनाको लागी ७६,००० भेन्टिलेटर चाहिने अवस्थामा भारतसँग मात्र १९,३९८ उपलब्ध भएको बताइएको छ । 


हरेक राज्य अनुसार नै यो रोगसँग लड्ने तयारी फरक फरक छन र ती मध्य पाँच राज्य अति प्रभावित छन । एल.नारायणका अनुसार बिस्तारा वा भेन्टिलेटर कति छन भन्दा पनि स्वास्थ्यकर्मीको गुणस्तर के  छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उनी भन्छन, ‘हामी छोटो समयमा नै थप बिस्तार लिएर आउन सक्छौं । तर संक्रमित रोक्न सक्ने बुझाई भएको एक सक्षम नर्स वा बिज्ञ बनाउन केहि महिनाको काम होइन । यो लामो समयको लगानी हो जुन पहिलेबाट भएको हुन वा नहुन सक्छ ।’

 

लेखक : बन्जोत कौर

 

अनुबाद : नारायण न्यौपाने

 

र, यो पनि 

लकडाउन -१६

https://freshnewsnepal.com/news-details/13811/2020-05-08

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार