• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

कोरोना भाइरस : बेलायती खेलकुदको ७०० मिलियन पाउण्ड ‘खाल्टो’ मा

काठमाडौं । कोरोना भाइरसको महामारीले बेलायतको तीन प्रमुख खेलमा करिब ७०० मिलियन पाउण्ड नोक्सानीपारेको छ । हालसम्म करिब ३० हजार जति कोरोना भाइरससँग सम्बन्धीतको मृत्यु सहेर बेलायतले लकडाउन अवधीभर सबै खेलका कार्यक्रम स्थगित गरेको थियो । 


क्रिकेट, फुटबल र रग्बी खेलका सम्बन्धीत संगठनले सरकारी तहमा आफ्नो धारणा राख्ने क्रममा यस महामारीले ल्याएको खेलजगतको आर्थिक नोक्सानीबारे जानकारी दिए । यस क्रममा इङलिस फुटबल लिग अध्यक्ष रिक पेरीले फुटबल, रग्बी फुटबल युनियनका कार्यकारी प्रमुख बिल स्वीनेले रग्बी, इंग्ल्यान्ड र व्यल्स क्रिकेट बोर्डका प्रमुख कार्यकारी टोम ह्यारिसनले क्रिकेट बारे आफ्नो धारण राखेका थिए ।


फुटबल
प्रिमियर लिग ८ जुनबाट सुरु हुने आशा गरिएको छ भने इङलिस फुटबल लिगको कुनै मिति नतोकिए पनि यसका अध्यक्ष रिक पेरीले लिग ३१ जुलाईमा सक्ने योजना भएको बताए । उनका अनुसार क्लबहरुले सेप्टेम्बरसम्म २०० मिलियन पाउण्ड नोक्सानी सहनु पर्नेछ । 


इङलिस फुटबल लिग कहिले फर्किने छ ?
सैदान्तिक रुपमा प्रिमियर लिगसगै इंङलिस फुटबल लिग पनि सुरु हुनुपर्ने हो । तर त्यहाँ धेरै नै बाधा अड्चन  छन । ठुला क्लबहरु तटस्थ स्थानमा खेल्नेबारे रिक पेरिले समर्थकको चुनौतीको कारण यो कायम रहन नसक्ने धारणा राखेका थिए । लिभरपुलका फ्यानहरु ३० बर्षमा उपाधी कुरेर बसेका छन र खेल लिभरपुलमा होस् भन्ने उनीहरुको चाहना छ । त्यस्तै १७ बर्षमा पहिलो पटक प्रिमियर लिगमा प्रवेश पाउने सम्भावना बोकेको लड्स युनाइटेडको पक्षमा बोल्ने समर्थक पनि छन ।  के वेस्ट योर्कसाइर पुलिस यो अबस्थामा एलांड रोडमा खेल आयोजना गर्न स्वीकृति दिने छ ? यदि दिदैन भने के च्याम्पियनसीपका खेल सबै सारिने छन ?


३१ जुलाईसम्म यो खेल सिजन सक्न कत्तिको व्यवहारिक छ ?
यो सम्भव छ । तर पेरिलाई बिश्वास छैन जसकारण उनी भन्छन ५६ दिन लाग्छ एक सिजन सकिन, र यो अवस्थामा जुन ६ गते भन्दा अघि खेल सुचारु हुने देखिँदैन । 


सरकारले अर्को सुचना जारी नगरेसम्म केहि भन्न मिल्ने अवस्था छैन । पेरी प्रतिक्रिया दिदै भन्छन, ‘लिग एक र दुईका कुनै खेल नभई लिग सकिने अति सम्भावना छ भने च्याम्पियनसीप हुने नहुने भन्ने कुरा प्रिमियर लिगको यो सिजन पुन ः संचालन गर्न सफल हुन्छ हुँदैन भन्ने कुराले निर्धारण गर्नेछ ।’


जुलाईको अन्तिमसम्म सिजन नसक्किए के हुन्छ ?
यदि जुलाईमा सिजन सकिएछ भने पनि समस्या कायम नै रहने छ किनभने जुनमा सबै सम्झौता सकिने छन । पेरी अनुमान गर्छन कि इंङलिस फुटबल लिग खेल्ने करिब १,४०० खेलाडीहरु यो गर्मी महिनामा सम्झौताबिहिन हुनेछन । यदि खेलाडीले अर्को क्लब नपाए उनीहरुलाई जुलाईसम्मको थप भुक्तानी गर्ने चलन पनि छ । 


यदि क्लबले यसरी थप पैसा तिर्छ भने खेलाडी अर्को महिनासम्म पनि जिम्मेवार छ भन्ने बुझ्छ । ब्यवसायिक फुटबल संघठनले वैकल्पिक धारणा राखेको छ कि जुन ३० भन्दा बढी समय खेलाउने हो भने थप सम्झौता गर्नु पर्नेछ ।  


इंङलिस फुटबल लिगका क्लबहरुको यथार्त दृष्टिकोण के हो ? 
सुरुवाती दृष्टिकोण त्यति उज्यालो छैन । पेरि भन्छन, ‘सानो तहमा भएका क्लबहरुको खेल बन्द चौरमा खेलाउनुको कम अर्थ छ किनभने त्यहाँ आम्दानी कम हुनेछ । केहि क्लब छन लिग १ र २ मा जुनपछि सार्दा हुन्छ । तर पनि स्टेडीयमको पैसा त तिर्नैपर्छ । 


कसैले पनि पक्कापक्की गरेर बोल्न सक्दैन कि यस्तो बेला लिगलाइ नोक्सानी हुनेछैन । तर पनि आशा देखिने ठाउँ भनेको  क्लबका सदस्यहरुमा भएको ठुलो इक्छाशक्ति हो । 


रग्बीे
रग्बी फुटबल युनियनका कार्यकारी प्रमुख बिल स्वीनेका अनुसार उनको संगठनले १०७ मिलियन पाउण्ड नोक्शानी बेहोर्नेछ यदि कोरोना भाइरसको कारण २०२० को अन्तराष्ट्रिय खेलहरु स्थागित भए भने ।  


रग्बी कहिले सुचारु हुन्छ वा हुन सक्छ ?  स्थगित भएका ठुला आयोजना मध्य ‘सिक्स नेसन’ का बाँकि खेल यो बर्ष खेलाइने छ । 
यसै भन्ने अबस्था छैन कि रग्बी कहिले सुचारु हुनेछ । प्रिमियरसीप सिजनको नौ चरण बाँकि नै छ र फुटबलमा झैँ यो संस्थाले पनि खेल सक्न प्रतिबद्धता जाहेर गरेको छ । पक्कै पनि यो बन्द ढोकाभित्र हुनेछ खाली स्टेडियममा । यसले टेलिभिजन र प्रायोजकबाट केहि रकम पाउने छ । तर यो खेल हुन् कति सम्भव छ भन्ने मुख्य कुरा हो । 


यस कोरोनाको असर के अर्को बर्षको खेल तालिकामा देखिन्छ र दर्शकले कहिले प्रथ्यक्ष खेल हेर्न पाउँछन् ।  


यो महत्वपूर्ण प्रश्न हो । यदि यो बर्षको सेप्टेम्बरसम्म यो सिजन सकिदैन भने के २०२०–२१ को लागि अभियान सुरु गर्दा हुन्छ ।  यदि अहिलेको सिजनलाई एक बनायौं भने पनि हामीले दुई सिजनमा नै सम्झौता गरे हुनेछ । 


सुरक्षाका पक्ष के हुनेछन ? खेलाडीहरु छोएर खेलिने यो खेलमा अरु खेल भन्दा धेरै बन्देज हुनेछन ?
यो नै सबैभन्दा दोधारको अबस्था हो । खेलमा चाडै फर्काउन र यसमा हुने शारिरिक छुवाई बीच सम्भार निर्माण गर्न गाह्रो छ । अन्य खेलमा जस्तै यस खेलको तालिममा सामाजिक दुरी कायम गर्न सम्भब छैन । नियमित टेस्ट र जाँच गर्नु एक समाधान हो तर यसले क्लबलाई ठुलो आर्थिक भार निम्त्याउने छ । यसको कुनै समाधान छैन । 


यसको दीर्घकालीन क्षती के हो ? 
यसको असरको सिमा कति भन्ने कुरा यो भाइरस कति समय चलिरहन्छ र सरकारले यस खेल खेल्न कहिले अनुमति दिन्छ भन्ने कुराले निर्धारण गर्छ । दर्शकबिना गरिने खेलले आर्थिक संकट कायम राख्ने हँुदा यो पनि समाधान हुनेछैन ।


हाम्रो ठुलो शक्ति भनेको आफ्नै खेल मैदान र नियमित ८२ हजार टिकट बिक्रि गर्नु हो जुन अब सबै भन्दा कमजोर पक्ष भएको छ ।


क्रिकेट 
प्रमुख कार्यकारी टोम ह्यारिसन कोरोना भाइरसले इंग्ल्यान्ड र व्यल्स क्रिकेट बोर्डलाई ३८० मिलियन पाउण्डको नोक्सानी हुने बिचार व्यक्त गरे । 


हामीले प्रत्यक्ष क्रिकेट कहिले हेर्न पाउने छौं ? जुलाई १ सम्म इंग्ल्यान्ड र व्यल्समा क्रिकेट देखिने छैन । सबै बन्द भएसंगै जुनमा हुने भनेको इंग्ल्यान्डको वेस्ट इन्डिजसँगको टेस्ट सिरिज सरेको छ । दुवै बोर्ड बीच नयाँ मिति प्रस्ताव गरि अघि बढ्ने कुरा सकरात्मक छ । तीब्र गतिका बलरलाई ६ देखि ७ हप्ता लाग्ने छ टेस्टको लागि सक्षम हुन । यदि जुलाईमा खेल हुने हो भने दुई हप्तामा खेलाडी तयार हुनुपर्ने छ । 


अब क्रिकेट कस्तो तरिकाले अघि बढ्नेछ ? 
कुनै पनि देशमा दर्शक बिना खेला हुँदैन । तर इंग्ल्यान्ड क्रिकेट बोर्ड भने यो गर्मी समयमा दर्शक बिना खेल सुचारु गर्न तयार छ । यसमा ठुलो प्रश्न भनेको कसरी खेलाडी, कर्मचारी र खेलमा उपस्थित हुनुपर्ने मानिसको सुरक्षा गर्ने भन्ने रहेको छ । 


खेलमा सहभागी हुने कुनैपनि व्यक्तिलाई कसरी दुरी कायम राख्ने र विदेशबाट आउने खेलाडीलाई १४ दिन कसरी आइसोलेसनमा राख्न भन्ने कुरा चिन्ताको बिषय हो । यो कुरा महिला र पुरुष रास्ट्रिय टिमलाई मात्र होइन सबै स्तरका खेलमा लागु हुनेछन । सामाग्रीको अभावको कारण सायद यो गर्मी महिनामा कुनैपनि राष्ट्रिय स्तरका खेल आयोजना हुने छैनन् । 


के क्रिकेटले घाटा अनुकुलन गर्नसक्छ र यसले के प्रभाव पार्नेछ ?
इंग्ल्यान्ड क्रिकेट बोर्डले क्रिकेट अहिले संकटमा रहेको निष्कर्ष निकालेको छ । यदि यो सिजन स्थगीत भयो भने अहिलेसम्म भएको १०० मिलियन पाउण्डको नोक्शानी ३८० मिलियन पाउण्ड हुनेछ । यस कारण पनि इंग्ल्यान्ड क्रिकेट बोर्ड यो गर्मी महिनामा टिभी अधिकार बेची घाटा कम गर्न जसरी पनि क्रिकेट गराउन चाहन्छ । 


अर्को बर्षको क्रिकेट तालिका कस्तो हुनेछ ?
एकदम भीडयुक्त हुनेछ । उदाहरण,अर्को गर्मी मौसममा इंग्ल्यान्डमा बिश्व टेस्ट च्याम्पियनसीप हुँदैछ । तर यदि सबै देशले समयमा नै पुरै खेल खेल्न नपाए निर्धारित मितिमा बिश्व टेस्ट च्याम्पियनसीप हुन सक्नेछैन । पुरुष बिश्वकप टी–२० अस्ट्रेलियामा हुनुछ । यो धकेलियो भने महिला बिश्वकपलाई असर गर्नेछ । 

 

लेखक : सिमोन स्टोन, क्रिस जोन्स र स्टेपन सेमिल्ट  

       
अनुबाद : नारायण

 

लकडाउन : १५

 

https://freshnewsnepal.com/news-details/13791/2020-05-07

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार