• मंगलबार २-८-२०८१/Tuesday 05-21-2024
बिश्व

ब्राजिलमा भारी वर्षा,३२ हजार घरपरिवार विस्थापित

काठमाडौं । ब्राजिलमा भारी वर्षासगै बाँध भत्केर आएको बाढीमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ।बाढीमा हराएका ६७ जनाको खोजी कार्य भइरहेको छ । बाढीका कारण ३२ हजार घरपरिवार विस्थापित भएका छन् ।

 

 

हजारौँ मानिस विस्थापित भएका छन् भने त्यहाँ उद्धारकार्य जारी छ।बाढीबाट जोगिन कानोअस सहरमा एउटा घरको छानामा अलपत्र परेर उभिरहेको घोडाको तस्बिरबारे अहिले चर्चा भइरहेको छ।

 


ब्राजिलका अधिकांश शहर जलमग्न भएका छन् । बाँध भत्केर आएको बाढी बस्तीसम्म प्रवेश गर्दा त्यहाँको जनजीवन प्रभावित बनेको हो ।बाढीका कारण विगत पाँचदिनदेखि हजारौं मानिस बिजुली र यातायातको सुविधाबाट बञ्चित भएका छन् ।एजेन्सी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार