• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
बिश्व

दुबई : अहिलेको वर्षा एउटा दुर्लभ घटना

दुबईमा गएको २४ घण्टामा कीर्तिमानी बाढी आएको छ, जसका कारण क्लाउड सिडिङबारे भ्रामक अनुमान फैलिन थालेको छ।उक्त वर्षा कति असामान्य थियो र अत्याधिक वर्षा हुनुमा के–के कारण हुन सक्छन्?

 

दुबई संयुक्त अरब इमिरेट्स (यूएई) को तटमा अवस्थित छ र प्राय: एकदम सुक्खा रहन्छ।यहाँ वार्षिक औसत १०० मिलिमिटर (३.९ इन्च) भन्दा कम वर्षा हुने भए पनि कहिलेकाहीँ मुसलधारे वर्षा समेत हुने गर्छ।

 

दुबईबाट जम्म सय किलोमिटर (६२ माइल) को दूरीमा रहेको अल–ऐन शहरमा करिब चौबिस घण्टाभित्र २५६ मिलिमिटर (१० इन्च) वर्षाको रेकर्ड कायम भयो।हावालाई तातो र आर्द्र बनाइराख्ने तथा अन्य व्यवस्थालाई प्रवेश गर्न नदिने यहाँको न्यूनचापीय मौसमी व्यवस्था नै यसो हुनुको प्रमुख कारण हो।

 

“लामो समयसम्म पानी नपर्ने र कहिलेकाहीँ अनियमित भारी वर्षा हुने यो क्षेत्रको मौसमी चरित्र हो। तर त्यसो हुँदाहुँदै पनि अहिलेको वर्षा एउटा दुर्लभ घटना हो,“ खाडी क्षेत्रको वर्षाको प्रवृत्तिबारे अध्ययन गरेका रिडिङ विश्वविद्यालयका मौसमविद् प्राध्यापक मार्टिन एम्बामले भने।

 

जलवायु परिवर्तनको ठ्याक्कै यही भूमिका छ भनेर आकलन गर्न अहिल्यै सम्भव छैन।त्यसो गर्नका निम्ति मानवीय र प्राकृतिक कारकहरूको पूर्ण वैज्ञानिक विश्लेषण हुनु आवश्यक छ र त्यसका लागि केही महिना लाग्न सक्छ।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार