• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
बिश्व

पुटिन शक्तिशाली हुनुका तीन कारण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकालका लागि हालै चुनाव जितेका छन्। यसले उनी अब कम्तीमा सन् २०३० सम्म राष्ट्रपतिको कार्यालयमा रहने बाटो खुलेको छ। विजय मन्तव्यमा उनले आफ्नो जितले रुस "शक्तिशाली र थप प्रभावकारी" भएर समृद्ध हुने बताएका छन्।

 

उनी यस पटक सबैभन्दा धेरै अर्थात ८७ प्रतिशत मत ल्याएर बिजयी भएका छन्। यसअघिको चुनावमा उनले ७६.७ प्रतिशत मत ल्याएका थिए। क्रेमलिनले रुसको राजनीतिक प्रणाली, सञ्चार क्षेत्र र चुनावमाथि कडा नियन्त्रण गरेकाले उनले कुनै विपक्षी उम्मेदवारको सामना भने गर्नु परेन।

 

पश्चिमा नेताहरूले उक्त चुनाव निष्पक्ष र स्वतन्त्र नभएको भन्दै निन्दा गरेका छन्। त्यसरी निन्दा गर्नेमा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की पनि छन् जसले पुटिनलाई "तानाशाह" जो "सत्ताले मातेको छ" भन्छन्। उनी "आफू सत्तामा रहिरहनका लागि त्यस्तो कुनै अनिष्ट काम छैन जो पुटिनले गर्दैनन्," भन्छन्।

 

७१ वर्षीय पुटिन सन् १९९९ को अन्तिम दिन पहिलो पटक राष्ट्रपति बनेका थिए र उनी जोसेफ स्टालिन यता अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म पदमा बस्ने रुसी नेता हुन्। सोभियत समयका तानाशाहको रेकर्ड पनि उनले तोड्न सक्छन्।

 

सन् २०२४ को चुनावमा जम्मा तीन जना अन्य उम्मेदवार थिए र उनीहरू कोही पनि पुटिनलाई वास्तविक रूपमा चुनौती दिने खालका थिएनन्। उनीहरू सबै नै पुटिन तथा युक्रेन युद्ध दुवैका समर्थक हुन्।राष्ट्रपतिका लागि वास्तविक चुनौती दिने विपक्षीहरू या त जेलमा छन् वा मारिएका छन् वा अन्य तरिकाले हटाइएका छन्। तर क्रेमलिनले भने यसलाई अस्वीकार गर्छ।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार