• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
रंगमञ्च

भर्चुअल थिएटर फेस्टिवलमा भारतीय नाटक

काठमाडौं । कोभिड–१९ को प्रकोपबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’ लाई प्रोत्साहन र साथ दिन नेपाली रंगकर्मीले सुरु गरेको भर्चुअल थिएटर फेस्टिवल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ को छैठौं दिन भारतीय नाटकको भिडियो स्ट्रिमिङ हुँदैछ । 

 

थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले संयुक्त रूपमा आयोजना गरेको उत्सवमा बुधबार सुभोजित बन्द्योपाध्याय निर्देशित नाटक ‘नोथिङ टु से’को भिडियो लाइभ हेर्न पाइने छ । 

 

अप्रिलको पहिलो दिन स्थापित भएको साइन थिएटरले प्रस्तुत गरेको यो नाटक स्थापनाकै दिन उत्सवमा स्ट्रिमिङ हुँदा आफूहरूले सम्मानित महसुस गरेको निर्देशक बन्द्योपाध्यायले बताए । 


संसारभरि संकट परिरहेका बेला नेपाली रङ्गमञ्चले आम मानिसलाई दिएको साथको प्रशंसा गर्दै उनले उत्सवलाई पठाएको सन्देशमा भनेका छन्, ‘हामी अहिले सबै संकटमा छौं । आशा छ, तपाईंहरू ठीक हुनुहुन्छ । हामी छिट्टै यो संकट पार गर्नेछौं ।’ 

 

‘नोथिङ टु से’ आवाज नभएको नाटक हो । यसमा कथा वाचनका लागि आवाज बाहेकका अन्य रङ्गमञ्चीय भाषाको प्रयोग गरिएको छ । बन्द्योपाध्याय भन्छन्, ‘यसमा भारत र पाकिस्तान विभाजनको कथा छ । जसले प्रेम, सम्बन्ध र अलगावको सिलसिला प्रस्तुत गर्छ ।’

 

नाटकको भिडियो ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल ( www.fb.com/theatremall ) बाट लाइभ स्ट्रिमिङ गरिनेछ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार