• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

खानेपानी समस्याको हल अब छिट्टै : मन्त्री मगर

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताइन ।

 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उनले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताइन । उनले खानेपानीको वितरण र व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको बताइन ।

 

मन्त्रालय मातहतका कार्यालय खानेपानी आपूर्तिसँगै व्यवस्थापनमा लागेको उनको भनाई छ । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहित ९० प्रतिशत जनताका घरमा पानी पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेको बताए  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार