• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
बिश्व

पिंगलेना इलाकामा थप चार जवानको मृत्यु 

काठमाडौं । जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना इलाकामा आज थप चार भारतीय जवान मारिएका छन् । यस्तै एक जवान घाइते भएको बीबीसी हिन्दीले लेखेको छ । 

 

पुलिसका अनुसार सेनाको ५५ आरआर, सिआरपीएफ र एसओसीले संयुक्त अपरेशन सुरु गरेका थिए । सेनाले उक्त इलाकामा चरमपन्थी लुकेको सूचना पाएको थियो ।


सेनाले अपरेशन सुरु गरेपछि चरमपन्थीले गोलीबारी सुरु गरे जसमा चार जवानको मृत्यु भयो । यसमा एक मेजर पनि समावेश छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार