• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
खेलकुद

बंगलादेशलाई १-० पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो । 

 

खेलको ११ औं मिनेटमा सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो । उक्त गोल नै निर्णायक रहेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।

 

यसअघि नै फाइनल प्रवेश गरेको भुटानसँग नेपालले २४ गते फाइनल खेल्नेछ । यो  संगै  नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ पुछारमा रहे ।

 

समूह चरणको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । नेपाल साग फुटबलको साविक विजेता पनि हो । तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंक सहित अंक तालिको पहिलो स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार