• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

नेपाल सुपर सिक्समा प्रवेश

तस्बिरः क्यान

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल अफगानिस्तानलाई पराजित गर्दै  दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो। 

 

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो ।  नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक बनाएका थिए।  अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाएका हुन। 

 

यस्तै दिपक बोहोराले ४२ बलमा २७ रन बनाए भने सुवास भण्डारीले २९ बलमा नटआउट ९ रन जोड्दै नेपाललाई जित दिलाएका थिए ।  नेपालका लागि आकाश त्रिपाठी १६ र अर्जुन कुमालले १० रन जोड्न सफल भए।  दिपक डुम्रे ५, दीपेश कँडेल ४, विपिन रावलले २ रन बनाए । गुलसन झा र आकाश चन्द एकएक रनमै आउ।ट भएका थिए । 

 

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

 

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको गरेको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार