• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

अधिकारी र पछाई उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन ।

 

यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाएका छन् । 

 

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् भने वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भएका छन् । युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जितेका छन् ।

 

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भए । उनले ट्रफीसँगै ५० हजार रुपियाँ पुरस्कार पाएका छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । उनले अवार्डसहित ५० हजार रुपियाँ प्राप्त गरेका छन् । 

 

एसियन स्पोर्ट्सजर्नालिस्ट अवार्ड हङकङका रेमण्ड चुलाई प्रदान गरिएको छ । हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार