• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
खेलकुद

काभा यु–२० मा नेपालको जीत

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपालले जीत हात पारेको छ। । श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै जीत आफनो हात पारेको छ ।  

 

नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको छ । जीतेसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । 

 

त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार