• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
राजनीति

एकघण्टा जहाज कुराएको भन्दै पयर्टनमन्त्री भट्टराईविरूद्ध विमान भित्रै नाराबाजी (भिडियो सहित) 

काठमाडौं । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानस्थलमा एकघण्टा बढी जहाज कुराएको भन्दै यात्रुले पर्यटनमन्त्री योगेश भट्टराई विरूद्ध जहाजमै नाराबाजी गरेका छन् ।

 

मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन्। भट्टराईले युवाहरुले गाली गर्दा शिर निहुर्‍याएर माफि मागेको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले गाली गरेका छन्।

 

भिडियोमा भनिएको छ, ‘हामी तपाईलाई सम्मान गर्छौं। तर एक घण्टा ढिला किन आउनुभयो। संस्कृति मन्त्रीको संस्कार नै छैन।’  पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए। कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन्।

 

काठमाडौं फर्किएपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रतिकृया सार्वजनिक गरेका छन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार