• सोमबार ७-२३-२०८३/Monday 11-09-2026
खेलकुद

सुदूरपश्चिम रोएल्सलेको जीत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जितपछि ४ खेलबाट ४ अंक जोडेको छ ।

 

ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रनको पारी खेले । यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजित रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए ।

 

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

 

चितवनका  रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार