• शनिबार ८-५-२०८३/Saturday 11-21-2026
खेलकुद

सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि हात पारेको हो । सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यी दुई टोली लगातार दोस्रो पटक एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका हुन् ।

 

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ४२ बलमा सात चौका प्रहार गर्दै अविजित ५३ रन बनाए । विनोद भण्डारीले १३ बलमा २३ तथा दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन जोडे । चितवनका रञ्जित कुमारले तीन ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । कमल ऐरी, रिजान ढकाल, उसामा मीर, सलाउद्दिन खान र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो ।  डेविड मलानले सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै अविजित ७१ रन जोडे । सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल ऐरीले आठ बलमा १० रन बनाए । देव खनालले छ र क्यामिल मिश्राले चार रन बनाए।बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन तथा थारिन्दु रत्नायकेले दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक–एक विकेट लिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार