पूर्वतयारी,उत्थानशील पूर्वाधार र दिगो वित्तीय संयन्त्रमा लगानीको आवश्यकता छ : डा उप्रेती
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालका पछिल्ला विपद्का अनुभवहरूले पूर्वतयारी, उत्थानशील पूर्वाधार, सुदृढ संस्थागत क्षमता र दिगो वित्तीय संयन्त्रमा लगानी गर्नुपर्ने आवश्यकता अझै बढेको बताउनुभएको छ।
कोप ३१ को एसियाली विकास बैंकले आयोजना गरेको उच्चस्तरको छलफल कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको स्थानीयकरणको महत्वमाथि प्रकाश पार्दै डा. उप्रेतीले स्थानीय सरकार र स्थानीय विपद् व्यवस्थापन समितिलाई बढी उत्तरदायी र क्षमतावान नबनाउँदा केन्द्रबाट मात्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका काम गर्न गाह्रो हुने बताउनुभयो।
डा. उप्रेतीले पूर्वनिर्धारित वित्तीय व्यवस्था (pre-arranged financing), सूचकमा आधारित बीमा (parametric insurance), पूर्वानुमानमा आधारित वित्तपोषण (forecast based financing) एवं पूर्वाधार निर्माण संहिता (Infrastructure code) लगायतका व्यवस्थाहरुमा पनि जोड दिनुभयो।
पर्वतीय मुलुकहरूका लागि जलवायु उत्थानशीलता केवल वातावरणीय प्राथमिकता मात्र नभएर यो जनधन र जीविकोपार्जनको संरक्षण, विकासका उपलब्धिहरूको दिगोपन तथा जोखिममा रहेका समुदायहरूको भविष्य सुनिश्चित गर्नका लागि आधारभूत आवश्यकता भएकोमा जोड दिनुभयो।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस