• सोमबार ८-७-२०८३/Monday 11-23-2026
देश/प्रदेश

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री शिष्टाचार भेट : कनेक्टिभिटी, व्यापार र ऊर्जालगायतका क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह  सँग भारतका विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन ।

 

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।


 

 द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत गएका हुन ।

तस्बिर : ​प्रधानमन्त्री कार्यालय 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार