स्पेनले जित्यो उपाधि,अर्जेन्टिना स्तब्ध
काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।
अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गर्यो ।
खेलमा स्पेनले १२ वटा अन सट टार्गेट प्रहार गरेको थियो । यता अर्जेन्टिनाले अनसट टार्गेट एउटा पनि प्रहार गर्न सकेन । स्पेनले २० वटा गोलको प्रयास गर्दा अर्जेन्टिनाले एउटा पनि गर्न सकेन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस