दुई पटक 'गोल्डन बूट' जित्ने एम्बाप्पे पहिलो खेलाडी
काठमाडौं । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेर फ्रान्सका किलिअन एम्बाप्पेले लगातार दोस्रो पटक 'गोल्डन बूट'को उपाधि पाएका छन्। उनले प्रतियोगितामा कुल १० गोल गरेर आर्जेन्टिनाका लिओनेल मेस्सी (८ गोल) लाई पछि पारेका हुन्। सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा पनि एम्बाप्पेले ८ गोल गरेर उक्त उपाधि पाएका थिए।
एम्बाप्पेले विश्वकपका विभिन्न प्रतियोगितामा गरी सबभन्दा धेरै गोल गर्ने कीर्तिमान पनि राखेका छन्। उनले कुल २२ गोल गरेका छन्। मेस्सीले कुल २१ गोल गरेका छन्। एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकसँगको खेलमा दुई-दुई गोल गरेका थिए भने अन्तिम ३२ को चरणमा स्वीडनविरुद्ध पनि गोल गरेका थिए।
अन्तिम १६ को चरणमा उनले पाराग्वेविरुद्ध एक गोल गरेका थिए भने क्वार्टरफाइनलमा मोरक्कोलाई एक गोल गरेका थिए। फाइनल खेलमा ह्याट्रिक वा तीन गोल गर्न सकेको भए मेस्सीले सो उपाधि जित्न सक्थे। तर ३९ वर्षीय आर्जेन्टिनी खेलाडीले न्यूजर्सीमा भएको खेलमा कुनै गोल गर्न सकेनन्। यस प्रतियोगितामा मेस्सी कुल ८ गोलमै रोकिए।
इङ्ग्ल्यान्डका जूड बेलिङ्गम तथा नर्वेका एर्लिङ होलानले सात-सात गोल गरेका थिए भने फ्रान्सका उज्मान डेम्बेले र इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले ६-६ गोल गरेका थिए। हङ्गेरीका सान्डर कोचिसले ११ गोल गरेका थिए। बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस