• मंगलबार ५-१६-२०८३/Tuesday 09-01-2026
खेलकुद

ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

काठमाडौं । फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्।

 

ढाँटले मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गरेका हुन्। ढाँटले २९–२८ को स्कोरमा जित हात पारे। एक जना निर्णायकले भने मर्डकको पक्षमा स्कोर गरेका थिए।

 

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए ।

 

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार