बारातले ‘नसोधी’ ल्याए
काठमाडौं । रंगकर्मी बारात लिम्बूको निर्देशनमा ‘नसोधी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा एक कलाकार क्यानभासमा आफ्ना स्मृतिहरूको यात्रा गर्छन् । जसको उद्देश्य हो नृत्यांगना श्रीमतीका धमिलिँदै गएका सम्झनाहरूलाई पुनः याद गर्नु । उनी हरेक दिन एउटा नयाँ चित्र कोर्छन् जहाँ उनीहरूले सँगै बिताएका पलहरू, ठाउँहरू र उनीहरूको प्रेमलाई उतार्ने प्रयास गर्छन ।
केवल उनको उदेश्य भनेको श्रीमतीलाई फेरि ती सम्झनाहरूको संसारमा फर्काउन सकियोस् । तर, उनका हरेक प्रयासहरू केवल मौनता र हृदयविदारक पीडामा टुंगिन्छन्। के उनी आफ्नी श्रीमतीका हराएका सम्झनाहरूलाई फर्काउन सफल हुन्छन् । यही प्रश्नको जवाफ हो गीत ‘नसोधी’ ।
करिब एक दशकदेखि रंगमञ्च र चलचित्र क्षेत्रमा अभिनय तथा निर्देशन गर्दै आइरहेका निर्देशक बारातले गीत एउटा नयाँ किसिमको कथा पस्कन खोजेको बताए । गीतमा मनोवादको शब्द,संगीत र आवाज रहेको छ । कुन्साङ बमजन र झरना क्षेत्रीको अभिनय रहेको गीतमा मौसम खड्काको अतिथी कलाकारको रुपमा देखिएका छन् ।
गीतको मेकअप अर्टिस्टमा मोहन सुनुवार र नेबिका शिलाधर रहेको गीतको नृत्य निर्देशन श्याम पटेल, विरेन श्रेष्ठ र शंकर थापा बिकेले गरेका छन् । मिलन बिक्रम शाहको सम्पादन रहेको गीतलाई महेश पौडेल र कृष्ण बर्देवा (ज्याक) ले खिचेका हुन। शिलामसक्माको प्रस्तुति रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।





प्रतिकृया दिनुहोस