दशैंको भिडन्त : ‘आ बाट आमा-२’, ‘१२ गाउँ-२’, र ‘छ माया छपक्कै-२’ प्रदर्शनमा
काठमाडौं । चाडपर्वको मौका छोपेर आफनो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दशैंतिहारको समय । निर्देशक-निर्माताबिच हरेक वर्ष आफनो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो थियो जुनबेला दशैं लक्षित गरेर नायिका रेखा थापा आफनो चलचित्र चलाउन तत्पर हुन्थिन । चाडपर्वमा उनकै चलचित्र बढि चल्थे । २०७१ को दशैंमा फुलपाती कै दिन रेखाले निमार्ण गरेको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शन भएको थियो । त्यसपछि उनका प्रायः चलचित्र दशैंमा नै प्रदर्शन हुन थाले । उनी मात्र होइन निर्माता छवी ओझाले पनि दशैं लक्षित गरेर नै चलचित्र प्रदर्शन गर्ने गर्थे । यसले हलमा उनीहरुको मात्र एकछत्र राज हुन्थ्यो । अन्य चलचित्रले दशैँमा प्रदर्शनका लागि हल नै पाउँदैन थिए।
निर्माता छवीराज ओझाका अनुसार, दशैँ भनेको मेला जस्तै हो । अरु ठाउँमा मेला लाग्ने जस्तै यो पनि चलचित्रको मेला हो । यी चलचित्रहरु हर्षउल्लास मात्र प्रर्दशन भएका हुन । सबै दर्शकले चलचित्र हेर्न पाउन भन्ने हिसाबमा नै आएको हो । अरु बेलाभन्दा दशैंमा दर्शक बढि चलचित्र हेर्छन । दर्शकसँग टिकाको भोलिपल्टदेखि पैसा पनि बढि हुन्छ । उनले भने, “५२ हप्तामा ८० वटा चलचित्र कताबाट चलाउनु । चलचित्र त जुध्नै पर्छ । यसमा एकअर्कासँग भिड्नेभन्दा पनि आ–आफनो चलचित्रको कलेक्सन कसरी बढाउने भन्ने सोच्नु जरुरी छ।”
नेपालमा चलचित्र क्षेत्र सानो छ त्यसमाथि हप्तामा एउटा चलचित्र चलाउन हम्मेहम्मे पर्ने चलचित्र नगरीमा एकभन्दा बढि चलचित्र प्रदर्शन भएपछि के हालत हुन्छ त्यो हेर्न बाँकी छ । यसपटक पनि पुरानै व्रmम दोहोरिएको छ । असोज ३१ अर्थात फुलपातीको दिन पारेर एकैसाथ तीनवटा चलचित्र प्रदर्शनको तयारीमा आएका छन् । चलचित्र ‘आ बाट आमा २’ ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएका चलचित्रहरु हुन ।
चन्द्र पन्तको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘आ बाट आमा २’ मा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, ‘गजनी’ फेम्ड भारतीय खलपात्र प्रदीप रावत, मलिका महत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, गजित विष्ट, दिलिप अखेडा र नरेन खड्का लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्र आ बाट आमा’को सिक्वेल हो ।
बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा सरस्वती भट्ट निर्माता रहेको चलचित्र ‘१२ गाउँ २’ मा बिराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला लगायतका कलाकारहरूको अभिनय छ । सन्तोष सरकारको कथा, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’ को सिक्वेल हो ।
आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्म्स’ र ‘आईएमई’को संयुक्त प्रस्तुतिमा निर्मित ‘छ माया छपक्कै २’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दीपकराज गिरीको संयुक्त कथा रहेको चलचित्रको पटकथा तथा संवाद भने स्वयं गिरीले लेखेका हुन । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको मुख्य अभिनय छ । साथमा कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे तथा निर्मल शर्मालगायत कलाकारहरूको सशक्त भूमिका देख्न सकिन्छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस