एक दर्जन देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातबाट लागू भएको छ ।
एक दर्जन देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।
ह्वाइट हाउसका अनुसार अफगानिस्तान,हाइटी, इरान, म्यानमार, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।
बुरुन्डी,क्युबा,लाओस, सियरा लियोन,टोगो,तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाउने देखिएको छ।नयाँ मुलुक थप्न सकिने चेतावनी ह्वाइट हाउसले गरेको छ।एजेन्सी
प्रतिकृया दिनुहोस