• मंगलबार ३-३-२०८२/Tuesday 06-17-2025
बिश्व

इजरेल र इरानद्वारा एकअर्काको भूमिमा गोलाबारी जारी

इजरेलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो भने दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी जारी छ।इजरेली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले  इजरेलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ।

 

इजरेल डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ। उसले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो।

 

इरानको सरकारी टेलिभिजनका अनुसार इजरेलमा 'व्यापक ड्रोन' आक्रमण सुरु गरेको छ।  पछिल्लो इरानी हमलामा परेर इजरेलमा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

 

इजरेली प्रहरीका अनुसार मध्य इजरेलमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ। इरानको तेल मन्त्रालयका अनुसार इजरेलले तेहरानको शाहरान तेल डिपो र त्यहाँस्थित इन्धन भरिएका ट्याङ्कीहरूलाई निसाना बनाएको छ।

 

यद्यपि उसले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। अर्कोतर्फ इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरेलको हाइफा अइल रिफाइनरीमा आगो लागेको भिडिओ आएको छ र त्यसलाई बीबीसीले पुष्टि गरेको छ। इरानको सरकारी टेलिभिजनले आइफा र तेल अभिभलाई लक्षित गर्दै इजरेलमा १०० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार