ट्रम्पको 'बिग ब्युटिफुल' विधेयक पारित

अमेरिकी कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेर घरेलु मुद्दामा उनलाई निकै महत्त्वपूर्ण जित दिलाएको छ।
क्यापिटल हिलमा भएको रस्साकस्सीपश्चात् तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई बिहीवार पारित गर्यो। उक्त विधेयकको पक्षमा २१८ अनि विपक्षमा २१४ मत परेको थियो।मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा १ मतको अन्तरले उक्त विधेयक पारित गरेको थियो।
ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई जुलाई ४ तारिखभित्र सो विधेयक पारित गरेर अन्तिम अनुमोदनका निम्ति उनीकहाँ पठाइसक्न समयसीमा दिएका थिए।कङ्ग्रेसनल बजेट कार्यालयको अनुमानमा सो विधेयकले आगामी १० वर्षमा सङ्घीय वित्तीय घाटामा ३३ खर्ब डलर थप्ने छ भने दशौँ लाख मानिसको स्वास्थ्य बिमा गुम्ने छ – तर ह्वाइट हाउसले ती अनुमानलाई अस्वीकार गरेको छ।
जुलाई ४ को स्वतन्त्रता दिवसको समारोहका बेला विधेयकमा उनले हस्ताक्षर गर्ने ठानिएको छ। त्यसपछि सो विधेयक औपचारिक कानुन बन्ने छ।कानुन पास भएपछि रिपब्लिकन सभामुख माइक जोन्सनले उनको पार्टीभित्र सबैलाई मनाउन 'विश्वास' नै मुख्य कुरा भएको बताए।बीबीसी
प्रतिकृया दिनुहोस