• शनिबार ६-११-२०८२/Saturday 09-27-2025
बिश्व

खाना खाएबापत पैसा हैन प्लास्टिकका फोहोर दिनुपर्ने यो क्याफे

काठमाडौं। सन् २०२५ को सुरुवाततिर कुहिरो लागेको एउटा चिसो दिनमा भारतको पहिलो 'गार्बेज क्याफे'मा पुग्दा मलाई तातो समोसाको सुगन्धका कारण आनन्द आयो।

 

क्याफेभित्र मानिसहरू काठको बेन्चमा बसेर स्टीलको थाली समातिरहेका देखिन्थे। कोही गफ गरिरहेका थिए त कोही चुपचाप खाना खाइरहेका थिए।

 

मध्यभारतको छत्तीसगढ राज्यस्थित अम्बिकापुर सहरको यो क्याफेमा हरेक दिन भोका मानिसहरू तातो खान पाउने आशामा आइपुग्छन्। तर उनीहरू खानाको पैसा तिर्दैनन्। बरु तिनीहरू पैसाका सट्टा पुराना झोला, खानेकुराका खोल र पानीका बोतलहरूजस्ता प्लास्टिकका सामग्री दिने गर्छन्।

 

मानिसहरूले दालभात, दुई थरी तरकारी, सलाद र अचार भएको भरपेट खानाका लागि एक किलोग्राम प्लास्टिकका फोहोर दिनुपर्ने अम्बिकापुर म्यूनिसिपल कर्पोरेशन (एएमसी)का तर्फबाट क्याफे सञ्चालन गर्ने विनोदकुमार पटेलले बताए।

 

"आधा किलो प्लास्टिक दिँदा उनीहरूले समोसा वा बडा पावजस्ता खाजा खान पाउँछन्।" बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार