• शनिबार ६-११-२०८२/Saturday 09-27-2025
राजनीति

माओवादीको केन्द्रीय समिति बैठकले गर्‍यो ६ निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । विभिन्न ६ वटा निर्णय गर्दै बैठक सकिएको हो।

 

माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ,’ साहले भने ।

 

६ निर्णय 

१. केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन आगामी मंसिरमा गर्ने ।

 

२. पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशालि आयोग गठन गर्ने ।

 

३. नेपोटिज्मको आरोप माओवादीमाथि पनि रहेकोले कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने ।

 

४. जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।

 

५. आईटीका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने ।

 

६. अध्यक्ष प्रचण्डको प्रस्ताव परिमार्जनसहित पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेत समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार