आफ्नै पत्नीद्वारा सयौँ पतिहरू मारिएको हङ्गेरीको एउटा गाउँ

काठमाडौं । हङ्गेरीको एउटा सानो नगर सोल्नोकस्थित त्यहाँको एउटा अदालतमा सन् १९२९ को डिसेम्बरमा सुनुवाइ भयो। मुद्दा नजिकैको गाउँ नागिरेभमा केन्द्रित थियो, जहाँका दर्जनौँ महिला आफ्ना पतिलाई नियतवश विष दिएको आरोपमा त्यहाँ उपस्थित थिए।
'द न्यूयोर्क टाइम्स'ले त्यस बेला प्रकाशन गरेको समाचारमा उक्त समुदायका करिब ५० जना महिलाले पुरुषलाई विष दिएको अभियोगको सामना गरेको उल्लेख छ।पत्रिकाले नागिरेभ गाउँमा सन् १९११ र १९२९ को बीचमा ५० भन्दा धेरै पुरुषहरू आर्सनिकका कारण मारिएको जनाएको छ।
कृषिमा निर्भर उक्त गाउँ बुडापेस्टभन्दा १३० किलोमिटर दक्षिणतर्फ पर्छ। आरोपित ती महिलाहरूको पहिचान 'एन्जल मेकर्स्' को हुन पुग्यो।सुनुवाइको क्रममा एउटा नाम बारम्बार आयो, उनी थिइन् गाउँकी एक सुँडेनी शुजाना फजेकस।
सुँडेनी गाउँको एउटा सामान्य एकतल्ले घरमा बस्थिन्। महिलाहरू आफ्ना समस्या लिएर फजेकससम्म पुग्ने गरेको गुन्याको भनाइ थियो। "उक्त घरभित्र धेरै कुराहरू भइरहेको सुनिन थाल्यो : पुरुषहरूले महिलाहरूलाई पिटिरहेको, बलात्कार गरिरहेको, तीमध्ये धेरै अविश्वसनीय, निकै दुर्व्यवहारयुक्त थियो," गुन्या सम्झिन्छिन्।
उनका अनुसार जब महिलाहरूले आफ्ना जँड्याहा वा हिंसक पतिबारे गुनासो गर्थे, फजेकसले आफूसँग त्यस्ता धेरै समस्याको एउटा सरल समाधान रहेको जबाफ दिन्थिन्।त्यो समाधान थियो, ती सुँडेनीले 'डिस्टिल' गरेको आर्सनिक। पछि उक्त विषका सिसीहरू उनको बगैँचामा गाडिएको भेटिएको यूकेको पत्रिका 'द टाइम्स'को एउटा समाचारमा उल्लेख छ। बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस