• सोमबार ३-२-२०८२/Monday 06-16-2025
बिश्व

अहमदवादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं ।भारतको अहमदावादबाट लण्डनका लागि उडेको एयर इण्डियाको विमान हिजो दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएकोे घटनामा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।


 

विमान दुर्घटनाबाट भारत, बेलायत, क्यानडा र पोर्चुगल सरकारले व्यहोर्नु परेको मानवीय क्षतिप्रति पार्टीले सहानुभूति प्रकट गरेको छ । विमानको सिट नम्बर ११ ए मा रहेका एकजना यात्रु जीवित रहेको र उनको अस्पतालमा उपचार भैरहेको छ ।

 

घटनामा परी निधन भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनप्रति पार्टीले समवेदना प्रकट गरेको छ ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार