• मंगलबार २-२१-२०८२/Tuesday 06-03-2025
बिश्व

बजेट अटोमोवाइल मैत्री भएको नाडाको भनाइ

काठमाडौं। नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा  नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिदै आइरहेको छ । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२र०८३ को बजेट अटोमोवाइल मैत्री आएको  नाडो जनाएको छ । 

 

 बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने  नाडाको भनाइ छ । 

 
'अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ।' नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारलाई आभार सहित धन्यवाद दिएको छ

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार