विमान दुर्घटनामा २०० भन्दा बढीको मृत्यु, एकजना ब्रिटिश यात्रु जीवित

काठमाडौं । भारतको अहमदाबाद सहरमा लन्डन ग्याटविक तर्फ जान लागेको एअर इन्डियाको एक बोइङ ७८७/८ ड्रिमलाइनर यात्रुवाहक विमान उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको छ।
एअर इन्डियाले सो दुर्घटनाग्रस्त विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको जनाएको छ। तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए।
अहमदाबाद सहरका प्रहरी प्रमुखले विमान दुर्घटनास्थलबाट हालसम्म २०० वटाभन्दा बढी शवहरू निकालिसकिएको जानकारी दिएका छन्। उनका अनुसार घाइते भएका ४० जनाभन्दा बढीलाई अस्पतालहरूमा लगिएको थियो।
अहमदाबादका प्रहरी कमिश्नर जीएस मलिकले समाचार संस्था एएनआईलाई विमानको सिट नम्बर ११ए मा रहेका एकजना यात्रु जीवित रहेको बताएका छन्। उनले ती यात्रुको अस्पतालमा उपचार भैरहेको बताएका छन्।
प्रहरी कमिश्नरका अनुसार उक्त विमान विमानस्थलनजिकै डाक्टरहरू बस्ने एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो र त्यस क्रममा जमिनमा पनि मानिसहरू हताहत भएका छन्। बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस