• सोमबार ३-२-२०८२/Monday 06-16-2025
देश/प्रदेश

चितवनमा पत्रकारमाथि भएको आक्रमणप्रति महासंघको ध्यानाकर्षण

भरतपुर  । चितवनस्थित भरतपुर महानगरपालिका–७ मा रहेको लाल्सा रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारमाथि आज भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

 


बेस्ट बे्रन एजुकेशन भिजा सर्भिसेजले बेलायत लाने आश्वासन दिए पनि नलगेको भन्दै पीडित व्यक्तिहरुले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।सोही सम्मेलनमा स्थानीय व्यक्तिहरु प्रेवश गरी क्यामेरा धकेल्ने, फोटोरभिडियो मेटाउन दबाब दिएको र कुटपिट समेत गरेको महासंघ चितवन शाखाले जनाएको छ । सो क्रममा प्रहरीले अकर्मण्यता देखाएको शाखाको भनाइ छ ।

 


 घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिनेतर्फ कडा कदम चालेर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार