• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
देश/प्रदेश

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडाैँ ।राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् । 

 

मंगलबार दिउँसो उनले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन समेत गरे । राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि इन्द्रजात्रा अवलाेकन गरे । 

 

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश सभा सदस्य र काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल पनि गद्दी बैठकसम्म गएर जात्रा अवलोकन गरे ।

 

विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुगेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार