• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
देश/प्रदेश

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

 

आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए । सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो९आइतबार० राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएपछि सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

 

यससँगै राष्ट्रिय सभाको चालु अधिवेशन पनि आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आजको बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार