• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
देश/प्रदेश

इन्द्रजात्रा शुरु, ,इन्द्रध्वजासिहतको यःसिं ठड्याइयो

काठमाडौंको हनुमानढोका दरबार अगाडि आइतबार विधिपूर्वक इन्द्रध्वजासिहतको यःसिं ठड्याइसँगै येँया अर्थात् इन्द्रजात्रा सुरु भएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिनमा जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने आइतबार नै दिवंगतहरुको सम्झनामा उपाकु पर्व मनाइन्छ । 

 

भाद्र कृष्ण द्धादसीका दिन आइतबार काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्दूध्वजासिहतको यःसिं अर्थात् ठड्याएसँगै इन्द्जात्रा सुरु भएको छ । आइतवार बिहान ८ बजेर २६ मिनेटको साइतमा यःसिं ठड्याइएको हो ।  परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर यःसिं ठड्याइएको छ । येँया अर्थात् इन्द्रजात्राको पहिलो दिन बेलुका काठमाण्डौमा उपाकु यात्रा हुन्छ भने दिउँसो लाखे, सवःभक्कु, पुलुकिसि लगायत विभिन्न मुखौटा लगाइएका नाँचहरु पनि प्रदर्शन गरिन्छ ।

 

यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुको परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । काठमाडौंको प्रतिष्ठासँग जोडिएको येँया महानगरकै सांस्कृतिक गौरवको रुपमा रहेको छ । इन्द्रजात्रामा सहभागि हुन काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध रहेका देश तथा विदेशका नगर प्रमुखहरलाई आमन्त्रण गर्नुका साथै महानगरको डबली पुनरोत्थान कार्यक्रमलाई पनि इन्द्रजात्रासँग जोडेको छ ।  

 

येँयाको मूख्य आकर्षण भनेको जिवित देवी कुमारी, गणेश तथा भैरवको रथायात्रा हो । यस जात्राका अवसरमा पुलु किसि, लाखे आजु, आकाश भैरव, श्वेत भेरव तथा विभिन्न देवी नाचहरु प्रदर्शन गरिन्छ ।  जात्रामा राष्ट्रप्रमुख सहित हजारौंको संख्यामा सर्वसाधारणको सहभागिता रहन्छ भने येँयाका कारण काठमाडौंमा विशेष रौनक थपिने गर्छ । इन्द्र जात्रालगायत विभिन्न अन्य जात्रा पर्वहरुमा पनि सुरुवातको संकेत स्वरुप यसिं ठड्याउने प्रचलन छ ।
 

देशकै सांस्कृतिक परिचय बोकेको येँयालाई अन्तराष्ट्रिय रुपकै स्थापित गराउँन र अझ विस्तार गर्न देश विदेशमा बस्ने नेवा समुदायले पनि विदेशमै पनि मनाउन सुरु गर्दै आ– आफ्नो संस्कृति बचाउन लागिपरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार