गीतकार उप्रेतीको ‘राधा’
काठमाडौं । गीतकार केदार उप्रेतीको नयाँ गीत ‘राधा’ सार्वजनिक भएको छ ।
बिहिवार सार्वजनिक गीतमा मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको छ । गीतलाई सिडी विजयले नै संगीत दिएका छन भने रिकेश गुरुङको एरेन्ज रहेको छ ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्माको अभिनय देख्न सकिन्छ ।
उत्तम हुमागाईंको छायांकन, माधव बेल्बासेको सम्पादन रहेको गीतको भिडियोलाई ‘क्रिस्टल क्रियसन’ को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रतिकृया दिनुहोस