आजबाट काठमाडौंका १७ स्थानमा बुस्टर खोप
काठमाडौं । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै आजबाट काठमाडौँमा कोभिड-१९ विरुद्ध बुस्टर डोज दिन थालिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अंग्रपक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन थालिएको हो । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने उल्लेख छ ।
काठमाडौंको आर्मी अस्पताल, प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताललगायत स्थानमा खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर खोप लगाउन जाँदा यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस