• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
खेलकुद

म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी

काठमाडौं । च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ को पहिलो लेगमा म्यानचेष्टर सिटी र रियल मड्रिड विजयी भएका छन् ।

 

च्याम्पियन्स लीगअन्तर्गत गएराति सिटीले बोरुसिया मोन्चेनग्लाडबाचमाथि २–० को जित निकालेको हो । अवे मैदानमा सिटीको जितमा बरनार्डो सिल्वा र गेब्रियल जिससले गोल गरे ।

 

सिल्वाले २९ औं र जिससले ६५ औं मिनेटमा गोल गरेका थिए । दोस्रो लेगमा आगामी मार्च १६ तारिखमा सिटीको मैदानमा हुनेछ ।

 

यस्तै अर्को खेलमा रियल मड्रिडले एटलान्टामाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । अवे मैदानमा रियलका लागि ८६ औं मिनेटमा फरल्याण्ड मेन्डीले गरेको गोल नै निर्णायक रह्यो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार