• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

संघीय राजधानी काठमाडौं बाहिर सारौं :डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देशको संघीय राजधानीलाई काठमाडौंबाट बाहिर सार्नुपर्ने माग गरेका छन् । 

 

डा.भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा  संघीय राजधानी काठमाडौं बाहिर सार्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । डा.भट्टराई विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौं उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गर्नुका साथै उनले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू-उपयोग नीति लागू गर्न समेत माग गरेका छन् ।

 

उनले काठमाडौं महानगरपालिका-१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा. भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

 

‘विकास र संरक्षण वीचको अन्तर सम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भू-उपयोग नीति लागू गरौं १ संघीय राजधानी काठमाडौं बाहिर सारौं !’ उनले लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार