राजस्थानसँग चेन्नइ ७ विकेटले पराजित
काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपिएल टी९ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।
सोमबार भएको खेलमा चेन्नइ सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको हो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नइका लागि दीपक चाहरले दुई विकेट लिए भने जोस हाज्लेवुडले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चेन्नइले खराव सरुवात गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १२५ रन जोडेको थियो । चेन्नइका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सर्वाधिक ५१ रनको साझेदारी गरेका थिए ।
जडेजाले ३० बलमा ४ चौका प्रहार गर्दै अविजित ३५ रनको योगदान दिए । त्यस्तै कप्तान धोनीले २८ बलमा दुई चौकाको मद्दतमा २८ रन जोड्दै पेभिलियन फर्किए।
चेन्नइको १३ रन हुँदा पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान फाप डुप्लेसिसलाई तेस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी १० रन जोड्दै पेभिलियन फर्किएका थिए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १र१ विकेट लिए ।
जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ।
यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराउँ सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस