कांग्रेसले भन्यो- पहिरोपीडित घाइतेको उपचार गर
काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
पहिरोमा परी ज्यान गुमाएका, बेपत्ता भएका र पीडीत परिवारको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै वेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस