• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
बिश्व

कोभिड-१९ : विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

 

संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो । संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ ।

 

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ ।

 

यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार