• शनिबार २-५-२०८१/Saturday 05-18-2024
मनोरञ्जन

कोरोना असर - बलिउडको व्यापार परिर्वतन र सम्भावित भविष्यबारे दृष्टिकोण (२/३)

काठमाडौं । कोरोना भाइरसले निम्ताएको लकडाउनले धेरै उधोगहरुलाई असर गरेको बेला मनोरञ्जन क्षेत्र सबैभन्दा पहिले बन्द भएको र सबैभन्दा पछि खुल्ने हुँदा यो बढी प्रभावित भएको छ । सिनेमाघर बन्द हुनु, नयाँ फिल्मको कास्टिङ सर्नु, फिल्मको छायांकन नहुनु, पोस्ट प्रोडक्सन रोक्किनु, वा अन्य काम नहुँदा बलिउडले अकल्पनीय नोक्सानी सहनुपरेको बेला अब बलिउडको ब्यापार कस्तो हुने र यसले कस्तो प्रभाव पार्छ भन्ने बिचार बोकेको लेखको बाकीं अंश :


सिनेमाघर प्रवेश शुल्कमा परिवर्तन
केहि हप्ताअघि, मनोज देशाईले एक अन्तर्वार्तामा भनेका थिए कि, यो नोक्सानी कम गर्न उनले हरेक शुल्कमा २० रुपैयाँ बढाउने छन । आफुसँग अन्य केहि उपाय नभएको बताउँदै, उनले भने, 'मैले कहाँबाट पैसा पाउने ? सबै सिनेमाघरका संचय छन । कोहि भवन निर्माण गर्छन त कोहि हिराको व्यापार। हामी त मात्र प्रदर्शक हौं । संचालन भएको यो ४६ बर्षमा हामीले मुल्य कम गरेका थियौं र हामीले धेरै पैसा कमाएका पनि छैनौं । तर अब भने हामीलाई  बाध्यता भएको छ । मैले मेरा कर्मचारीलार्इ कसरी तलब दिने ? अरुहरुले कर्मचारीको तलब काटेका छन । यो सुनेर म दंग परें । तर मैले मेरा कामदारको एक पैसा पनि काटेको छैन ।' 

 

त्यसो हो भने के अन्य सिनेमाघरका संचालकहरुले पनि यहि तरिका अपनाउने छन र मुल्य बढाउने छन ? अमोद मेहरा कडा अस्वीकार गर्दै भने, 'टिकटको शुल्क बढाउने त प्रश्न नै होइन । मान्छेसँग पैसा नै छैन । यदि मान्छेको ५० प्रतिशत तलब काटिएको छ र कति को तलब नै आएको छैन भने यस्तो अवस्थामा सिनेमा भनेको उनीहरुको लागि अन्तिम छनोट हुनेछ ।' तर तरण भन्छन, 'हल मालिकहरुले पनि घाटाबाट मुक्त हुनुपर्छ । त्यस कारण मुल्य बृद्धिलाई रोक्न सकिदैन । सबैजना कामबिहिन भएका छन । सबैलाई आफ्नो काम गर्नको निम्ति आत्माबिश्वासको आवश्यक्ता छ । चुनौतीहरु धेरै छन । अहिले अवस्था कस्तो हुन्छ भन्न सकिदैन र दर्शकहरुले मंहगोमा फिल्म हेर्न आउँछन कि आउँदैनन् त्यो पनि भन्न सकिदैन । यो प्रश्न बनेको छ सायद दर्शक 'सुर्यबंशी' र '८३' को लागि बढेको मुल्य तीर्न तयार हुन्छन होला वा सबै किसिमका फिल्मलाई ।'


भारतको चर्चित पीभीआर,  सिनेमाहलले २००९ मा भएको निर्माताको आन्दोलन पछि हल शुल्क धेरै कम गरेको थियो । कमल भन्छन, 'मुल्य घटाउन सम्भव छ तर अहिले नै भन्नू एकदम चाडो हो ।' अक्षय रथी भन्छन, 'सबै सिनेमाघरका फरक किसिमका दर्शक हुन्छन । केहि दर्शकहरुले १००० रुपैयाँमा फिल्म हेर्दा दश प्रतिशतले मुल्य बृदि भएर ११०० भएपनि केहि फरक महसुस नगरी फिल्म हेर्न सक्छ । तर त्यहि फिल्म अर्को सिनेमाहलमा महिनामा एक पटक ५० रुपैयाँमा हेर्ने दर्शकको लागि ७० रुपैयाँ हुनु पनि उसको मुख खिन्न हुने अवस्था हुन्छ ।'


चाइनामा, कोरोना भाइरसको त्रास सकिएपछि सिनेमाहल सुरु भएपछि पुराना हलिउड र आफ्नै सुपरहिट फिल्म पुनः लगाइयो । निर्माता, वितरक र सरकारले त्यसबाट आफ्नो कुनै भाग वा कर मागेन । यसकारण १०० प्रतिशत आम्दानी सिनेमा घरको भयो । यसले सिनेमाघर जाने अभ्यास पनि भयो भने हलमालिकहरुलाई भएको घाटा पूर्ति पनि भयो ।  

 

हल मालिकहरुलाई सरकारबाट सहयोग 
एक प्रतिबेदन अनुसार, इनओक्स र पीभीआर जस्ता केहि सिनेमाहलहरुले जमिन मालिकलाई भाडा तिर्न नसक्ने अवस्थाको पुर्वअनुमान गरेका छन । लकडाउन पछि चाइनामा सिनेमाघर प्रतिको सहज निर्णयले के भारतका हल मालिक पनि सरकारबाट मद्दतको आशा गरेका छन ? निर्देशक सुधिर मिश्र, एक अनलाइन छलफलमा जोड दिदै भन्छन, 'सरकारले हल संचालकलाइ बिजुलीको बिल कम गरि सहयोग गर्न सक्छ वा सामान्य घरको बराबरको शुल्क गरिदिन सक्छ ।'

 

कमल भन्छन, 'हामीले सरकारसग राहतको माध्यमहरु बारे कुरा सुरु गरेका छौं। हामी आसा गर्छौ कि सरकारले हाम्रो कुरा सुन्ने छ।' मनोज देसाई भन्छन, 'सरकारले टिकटमा लाग्ने अतिरिक्त शुल्क वा कर कम गरिदिए हामी बाच्ने थियौं।'


अक्षय रथी, भन्छन, 'यो अवस्थामा हरेक किसिमको राहतलाई स्वागत गर्छौं किन भने अहिले हामी जमिन भन्दा ३ फिट तल छौं । ब्यापारमात्र बन्द भएको छैन, तिनीहरुले मानसिक डर पनि सहिरहेका छन।  सरकारबाट मात्र होइन, फिल्ममेकरहरु बाट पनि सहयोग मिल्नु पर्छ, ताकी ४० दिन अघि जस्तो राजज्व उठाउन सकौं।'

 

निर्माता- हल मालिक सेयरमा परिवर्तन
सन् २००९ मा दुई महिना निर्माताले गरेको आन्दोलन हल मालिकहरुले निर्माताको माग पुरा गरे संगै सकिएको थियो । त्यो सम्झौता अनुसार, पहिलो हप्ता निर्माता वा वितरकलाइ ५० प्रतिशत सेयर दिने  व्यवस्था भयो भने दोस्रो र तेस्रो हप्ता क्रमस : ४२ प्रतिशत र ३७ प्रतिशत सेयर हल मालिकले दिने बनाइएको थियो । तर अब यति धेरै परिस्थिति फेरिएको अवस्थामा के यो ब्यवस्थामा परिवर्तन आउने छ ? निर्माता हलमालिक बिचको सम्झौतामा परिवर्तन आउने बिचार तरन आदर्श राख्छन्, 'मलाई लाग्छ सबै कुरामा ब्यापक परिबर्तन हुनेछ । पुरै व्यापारको तरिका नै फेरिने हुदा अहिले त्यो सम्झौता लागु हुन्छ या नया भन्ने परिस्थितिमा हामी छैनौं।'

 

यसै सन्दर्भमा अक्षय रथी भन्छन, 'मलाई लाग्दैन कि व्यापारिक कुरामा अहिले सम्झौता हुन् सक्छ । तर कसरी प्रदर्शन बढाउने वा अन्य पक्षमा भने कुराकानी हुने छन।' शिब आसिस सरकार व्याख्या गर्छन, 'म अहिले त्यो तरिकाले सोचेको छैन किन भने हाम्रो पुरै ध्यान भनेको कसरी हामी सामान्य दैनिकीमा जान सक्छौ भन्नेमा हुनुपर्ने छ । सबै क्षेत्रका मानिसहरुले दुख पाएका छन – कोहि धेरै त कोहि कम। मेरो सल्लाह छ कि हामी एकआर्कासंग लड्नुको साटो, हामी एक अर्काको हात समाती कसरि हुन्छ सामान्य अबस्थामा फर्किने तिर लाग्नु पर्छ। यदि यो बारे छलफल हुने हो भने एक बर्ष पछी गर्दा हुन्छ।'

 

गिरिश जोहर आफ्नो तर्क राख्छन, 'मेरो बिचारमा यो सन्तुलन परिवर्तन हुनेछैन । हलमालिकहरु मात्र पिडित होइन् । पुरै उधोगलाइ नै असर गरेको छ । त्यसैले एकातिरबाट तपाइले हारेको देखिरहँदा, अर्कोतिर बाट अरु पनि हारेको देख्नु हुनेछ । त्यसैले पुराना सम्झौतामा खासै परिबर्तन हुने छैनन् ।'

 

उधोगले ठुलो नोक्सानी हेर्दै 
यो वर्षको पहिलो तिन महिना कमजोर ब्यापार भयो – किन भने कोरोनाको सुरुवात र धेरै फिल्म कमजोर भएको कारण । यो समयमा लगभग हजार करोड नोक्सानी भइसकेको छ । यो बर्ष ३००० करोड रुपैयाँ राजज्व उठ्ने अनुमान छ जुन सन् २०१८ र २०१९ को भन्दा कम हो । यो अनुमान बारे बोल्न लगाउँदा तरन आदर्श भन्छन, 'यो सबै अनुमान सिनेमाघर खुलेपछि मात्र गर्न सकिन्छ ।' गिरिस जोहर पनि आदर्शको कुरा संग सहमत हुदै थप बिचार राख्छन, 'मलाई लाग्छ ३००० करोड नोक्सानी हुन्छ कि । इतिहासमा नै पनि पटक हामीको मा 'जिरो बक्स अफिस' भयो यो महिना र मलाई लाग्छ 'जिरो बक्स अफिस' तिन महिना' फ्रि हुन्छ ।'


बक्स अफिसमा फिल्म जुध्ने डर 
फेरी पनि २००९ को निर्माता हलमालिक सगको विवादपूर्ण अवस्थामा केन्द्रित हुँदा, त्यतिबेला धेरै फिल्म एकैचोटी आएका थिए र जुधेका थिए । लकडाउन सकेपछि त्यही अवस्था दोहोरिने छ । तरन आदर्श भन्छन, 'म यो डरलाग्दो अवस्था आउँछ भन्ने अनुमान गर्छु । हिन्दी मात्र होइन हलिउड , तामिल, तेलेगु, पन्जाबी सबी एकै चोटी प्रदर्शनको लागि आउने छन ।' मनोज देसाई नरम भएर भन्छन कि निर्माता र वितरकहरु मिलेर आउने छन। त्यस्तै अक्षय रथी भन्छन, 'सबै सिनेमाहल मालिक, निर्माता, निर्देशकहरु जुध्न देखि रोक्नुपर्छ । फिल्महरु दुई हप्ताको बिचमा आउनुपर्छ । सानो फिल्महरुसँगै आउँदा पनि मिल्न सक्छन भने ठुलो फिल्महरु जस्तै 'राधे- मास्ट वान्टेड भाइ' र 'लक्ष्मीबम'  छुट्टै आउँदा मात्र फाइदा हुनेछ ।'


नयाँ प्रोजेक्टहरुलाई हरियो बत्ति आउन थुप्रै समय लाग्न छ । अहिले सबै जना अड्केका छन । क्रमश

 

लेखक : फेनिल सेटा  

अनुबाद : नारायण

 

लकडाउन १२ 

 

र, यो पनि 

https://freshnewsnepal.com/news-details/13580/2020-04-25

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार