• आइतबार २-६-२०८१/Sunday 05-19-2024
मनोरञ्जन

कोरोना असर - बलिउडको व्यापार परिर्वतन र सम्भावित भविष्यबारे दृष्टिकोण (१/३)

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएसँगै लकडाउनले धेरै उधोगलाई असर गरेको छ । ती मध्य, मनोरञ्जन क्षेत्र सबैभन्दा बढी प्रभावित छ । धेरै जस्तो ठाउँमा, कोरोनाको संक्रमितहरुको संख्या बढ्ने बित्तिकै सबैभन्दा पहिले बन्द हुने पनि सिनेमा हल नै थिए किनभने यसलाई आधारभुत क्षेत्रमा राखिएको छैन, र लकडाउन खुले लगत्तै  सबैभन्दा ढिलो सुचारु यही क्षेत्र हुने पक्का छ । यतीबेला फिल्मको छायांकन, पोस्ट प्रोडक्सन, वा अन्य काम पनि रोकिएको छ जसकारण यो उधोगले सहनु परेको नोक्सानी अकल्पनीय छ भन्दा हुन्छ । अब फेरी पहिले जस्तो पुरानो अवस्थामा आउन यस क्षेत्रलाई धेरै समय लाग्ने छ ।  

 

फिल्म हल संचालन 
हामीले फिल्म व्यापार, उत्पादन र बितरणमा काम गर्ने चर्चित व्यक्तिहरुको बिचार बुझ्न उनीहरुसंग कुरा गरेका थियौं । धेरैको मनमा उत्पन्न भएको पहिलो प्रश्न थियो – सिनेमाघरहरु कहिले खुल्छ भनेर आशा गर्ने र कहिलेदेखि ठुलो संख्यामा दर्शकहरु सिनेमाघरमा आउनेछन ? फिल्म व्यापार बिशलेषक तरन आदर्श भन्छन, ‘मलाई लाग्दैन कि यो चाडै खुल्नेछ । सायद बर्षको अन्तिम तीर कोरोना बिरुद्धको खोप वा औषधी सहज भएपछि मात्र सबैकुरा सामान्य होला । तर त्यो भन्दा अघि फिल्महरु कसैको दिमागमा रहने छैन र मनोरञ्जन कसैको पनि प्राथमिकता बन्नेछैन ।’

 

गिरिस जोहर फिल्म ब्यापार बिशलेषक पनि सिनेमाघर चाडै खुल्छ भनेर बिश्वास गर्दैनन्, ‘सबैभन्दा पछि खुल्ने सिनेमाघरहर नै हुनेछन । मानौं यदि लकडाउन मे महिनाको ३ बाट खुल्यो भने मलाई लाग्छ जुन महिनाबाट मात्र सिनेमाहलहरु खुल्नेछन ।’  

 

त्यस्तै ब्यापार विशलेषक अमोद मेहरा भन्छन, ‘देशमा लकडाउन बिभिन्न चरणमा खुलेपनि यो कुरा पक्का छ कि मानिसहरु फेरी सिनेमाघरमा जम्मा हुने छैनन् । उनीहरु केहि समय कुर्ने छन । त्यसैले सिनेमाघर खुलेपनि दर्शकहरु आउने छैनन् ।  हल संचालकहरुलाई देखाउने कुनै फिल्म हुने छैन जस्तै ‘अंग्रेजी मिडियम’ इन्टरनेट मार्फत प्रदर्शनमा ल्याइएको छ ।’ कमल गियाँचादनी, सीइवो, पीभीआर पिक्चरका सिईओ भन्छन्, ‘सरकारसँग लकडाउन सकिएपछि सिनेमाघर खोल्ने बारे कुनै निर्देशिका छैन । मलाई लाग्छ निर्णय लिन अझै बाँकी छ । आशा गरौं मे महिनाको अन्तिमसम्म सिनेमाघर खुलाउने अनुमति मिल्नेछ । 

 

फिल्म हलको सुरक्षा 
अभिनेत्री टिस्का चोपडाले केहि दिन पहिले एक भर्चुयल पत्रकार सम्मेलनमा भनिन, ‘मलाई लाग्दैन कि कोहिपनि कम्तिमा एक बर्ष सिनेमाहल जानेछन् ।’ मानिसहरुको मनभित्र ठुलो डर छ । बिभिन्न माध्यमबाट सिनेमाघरको सेरोफेरो सफा राखी विश्वासनीय बनाउने भन्ने बारे धेरै छलफल भएका छन । तर ती माध्यम पनि अपुरो हुनसक्छ । तरन आदर्स भन्छन्, ‘सिनेमाघरमा फिल्म हेर्न जाने बानी फेरी बसाल्नु पर्नेछ ।  अब जब हामी सिनेमाघरमा जान्छौं कसरी सामाजिक दुरी राख्न सक्छौं ? टिकट किन्ने देखि सिनेमाघर छिर्ने, लिफ्टमा चढेर आफ्नो सिटमा बस्न जाने, हरेक सिटसंग अर्को सिट जोडिएको हुन्छ । त्यस्तै ब्रेकमा खानेकुरा किन्न लामबद्ध हुने वा शौचालय जाने – यी सबैमा सामाजिक दुरी कायम गर्नुपर्नेछ । फिल्म सकिए लगत्तै अर्को शो भन्दा अघि दश मिनेटको सरसफाई हुने गर्थ्यो । तर अब पुरै ‘स्यानीटाइज’ गर्नुपर्ने हुँदा सिनेमाको शो संख्या घटाउन पर्छ कि ? यदि शो घटाएमा के त्यसले राजज्व पनि कम गर्नेछ त ? परिवर्तन भएको स्वरूप हेर्दा मलाई लाग्छ अब बिसी (बिफोर कोरोना) र एसी –(आफ्टर कोरोना) भनिने छ । 

 

अक्षय रथी कोरोनापछिको समयको लागि उपाय दिदै भन्छन, ‘मैले दर्शकलाई यो बिश्वास दिनुपर्छ कि उनीहरु सिनेमाघर जान सुरक्षित छन र यो गर्न टिकटको मुल्य कम गरेर सम्भव छैन । यसको लागि मैले सरसफाई र सुरक्षाका अनेक साधन प्रयोग गरि सिनेमाघरमा आउने हरेक मानिसलाई केहि हुदैन भन्ने विश्वास दिन सक्नुपर्छ र साच्चै नै केहि हुनु पनि हुदैन ।’ मुम्बईको जी ७ मल्टिप्लेक्सका निर्देशक मनोज देसाई भन्छन, ‘हामीले पहिले नै सरसफाइका बिभिन्न माध्यमलाई प्रयोग गरिरहेका थियौं । सिनेमाघर बन्द हुने बित्तिकै हामीले हललाई व्यापक सफा गरेका छौ । अब सिनेमाघर पुन : संचालनमा आउने बित्तिकै हामीले अरु उपाय पनि अपनाउने छौं ।’ 


 
लकडाउन पछिका ठुला बजेटका फिल्म 
सिनेमाघर खुल्ने बित्तिकै ठुला सिनेमाहरु आउने छैनन् । तरण आदर्श भन्छन, ‘यदि सिनेमाघर खुले भने  मलाई लाग्दैन कि ठुला फिल्महरु तत्काल प्रदर्शनमा आउने छन । उनीहरुले पहिला बिश्वबजार हेर्ने छन जसकारण उनीहरुको फिल्म प्रदर्शनमा आउन अरु देशको अवस्था पनि ठिक हुन जरुरी छ ।’

 

गिरिस जोहर भन्छन्, बिभिन्न डरको कारण अगस्टसम्म ठुलो संख्यामा दर्शक सिनेमाघरसम्म आउने छैनन् । अगस्ट १५ स्वतन्त्र दिवस हो र त्यो दिन ठुलो बजेटको फिल्म प्रदर्शनमा आएको खण्डमा त्यसपछि अवस्था ठिक हुँदै जानेछ । तर पनि विदेशको बजार बन्द हुँदा ती फिल्म प्रदर्शन हुनेमा शंका नै छ । हलिउडका बिभिन्न फिल्महरु पनि २०२० को अन्तिम वा अर्को बर्षको लागि सरिसेकका छन । म ठोकुवा गरेर भन्न सक्दिन तर नोभेम्बर भन्दा अघि ठुलो बजेटका फिल्म आउँछ भन्नेमा शंका नै छ ।’

 

अमोद मेहराका अनुसार, विदेशको बजारमा ठुलो नाफा हुनेगर्छ जसकारण कुनै ठुलो लगानी रहेको निर्माताले यसलाई बेवास्था गर्नेछन । उनी भन्छन, ‘उदाहरणको लागि ‘सुर्यवंशी’ लाई लिन सक्छौं ।  युरोप र अमेरिकामा अवस्था एकदम नाजुक भएको बेला निर्माताले यो फिल्म भारतमा मात्र प्रदर्शन गर्ने कि नगर्ने भन्नेमा बिचार गर्नुपर्ने हुन्छ । यदि युरोप, अमेरिका र खाडी मुलुकमा प्रदर्शन नहुने बित्तिकै ‘सुर्यबंशी’ लाई ५० करोड घाटा हुनेछ । सायद यी सबै कुराहरु लकडाउन समाप्त भएको दुई हप्तामा निर्णय हुनेछन् ।’ 

 

लकडाउन पछिको योजना : सस्तो टिकट, फिल्म महोत्सव 
तत्कालै सिनेमाघरमा ठुलो बजेटको फिल्म नआउने हुँदा, दर्शकलाई फिल्म प्रति आकर्षण गराउने योजना के त ? अक्षय रथीसँग नया बिचार छ, ‘हामीले फिल्म महोत्सव गरी प्याकेज सिर्जना गर्नुपर्छ ।  उदाहरणको लागि तपाई मलाइ २००० रुपैयाँ दिनुस र म तपाईलाई एक हप्ता उत्कृष्ट फिल्म देखाउने छु । मेरो सलमान खान फिल्म फेस्टिवल वा रोहित सेट्टी फिल्म फेस्टिवल गर्ने योजना छ अथवा प्याकेजमा २०० रुपैयाँमा तपाई गोलमाल सिरिज हेर्न सक्नुहुने छ । लकडाउन पछिको पहिलो एक महिना हामीले नाफा र घाटा भन्दा पनि मानिसलाई सिनेमाघरसम्म ल्याउन जरुरी छ ।’ 

 

यस्तै अर्का आशावादी कमल भन्छन, ‘हामीले छलफल जारी राखेका छौं । हामीलाई आशा छ कि हलहरुमा अवश्य लाग्नेछन् । ठुला फिल्मले केहि समय कुर्न चाहन्छन होला त्यो हामी बुझ्न सक्छौं । तर हामी आशा गर्न सक्छौं कि साना र मध्यम लगानीमा बनेका फिल्म तुरुन्त प्रदर्शन हुनेछन । बिदेशमा प्रदर्शन गरी त्यहाँको आम्दानीमा भर नपर्ने क्षेत्रीय फिल्महरु पनि चाडै प्रदर्शन गर्न सजिलो हुनेछ ।’

 

कमलले भनेका कुरा ठिक निस्कियो यसराज फिल्मसका उपाध्यक्ष रोहन मलहोत्राका अनुसार प्रदर्शन गर्न ढिलो भईसकेको फिल्म ’सन्दिप और पिंकी फरार’ सिनेमाहल संचालन हुने बित्तिकै लाग्नेछ । ठुलो स्टारकास्ट र लगानीमा बनेका फिल्महरु नआउने बेला बिदेशको बजार कुर्न नपर्ने सानो बजेटका फिल्महरु आउनु उनीहरुको लागि राम्रो अवसर हुनेछ । क्रमश
 

लेखक : फेनिल सेटा  

   
अनुबाद : नारायण

 

 

लकडाउन - ११

र, यो पनि

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार