• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
खेलकुद

कोरोनाले रोकियो अष्ट्रेलियन क्रिकेट खेलाडीको बिवाह

काठमाडौं । कोरोना महामारीले अन्य खेल जस्तै यो वर्षको क्रिकेट खेल तालिका पनि बिगारिदिएको छ । कयौं खेल बिचमा नै स्थगीत भएर पाहुँना टोली आफ्नो घर फर्किनु परेको थियो भने अन्य खेलको कार्यक्रम स्थगीत भएका छन् । अहिले खेलाडीहरु पनि अन्य सर्वसाधारण झैँ घरमा नै बसिरहेका छन । तर यता ८ अष्ट्रलियन क्रिकेटरको भने कोरोनाले गर्दा बिहे नै रोक्किएको छ । 

 

अष्ट्रलियामा अप्रिल महिना भनेको बिवाहको मौसम हो । यो बर्ष करिब १० देखि १२ जना अष्ट्रलियन क्रिकेट खेलाडीको बिवाह हुने पक्कापक्की भएको थियो । केहि समय अघि मात्र अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सव्यलले आफ्नो भारतीय प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए तर अब उनको बिवाह कहिले हुने पक्का छैन ।

 

यस्तै आफ्नो योजना अनुसार तेज बलर पैट कमिंसले आफ्नो बेलायती प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । लकडाउन र यो रोग युरोपमा पनि फैलिएको कारण उनको बिवाह हालसालै नहुने पक्का भएको छ । कोरोनाको प्रभाव अस्ट्रेलियामा व्यापक देखिन थालेपछि अन्य ८ अस्ट्रेलियन खेलाडीको बिवाह पनि कहिले हुने हो केही टुंगो छैन ।  

१० लाख भन्दा बढी संक्रमित र ६५ हजार मानिसको मृत्यु भएको यो भाइरसको कारण लगभग उनीहरुको बिवाह छिट्टै हुने लक्षण देखिँदैन । यी हुन बिवाहको मिती टुंगो नलागेका अस्ट्रेलियाका २८ बर्षीय स्पीनर एडम जाम्पा लगायत अन्य ७ जना खेलाडी । 

 

१. एडम जाम्पा, २८ बर्ष 

२. जेस जोनासन, महिला क्रिकेटर, २७ बर्ष 

३. जैक्शन बर्ड, ३३  बर्ष

४. मिशेल स्वेपसन, २६ बर्ष

५. एंड्र्यू टाई, ३३ बर्ष

६. डार्सी शॉर्ट, २९ बर्ष

७. केटलिन फ्रेट, २७ बर्ष

८. एलिस्टर मैक्डरमॉट, २८ बर्ष

 

व्यस्त क्रिकेट खेल तालिका अनुसार यी खेलाडीहरुले अप्रिल महिनालाई  नै बिवाहको सहि समय मानेका थिए । तर अब उनीहरुले बिवाहको लागि नयाँ मिती कहिले जुर्ने हो त्यो टुंगो छैन । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार