• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

एमसिसी पारित गराएरै छाड्छु : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ, शुभकामना दिँदै  मिलेनियम च्यालेन्ज कर्पोरेस’ ९एमसिसी० पास गर्नु पर्ने बताएका छन् । 

 

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्याकालयको हार्दिक बधाई र शुभकामना दिएका थिए । 

 

उनले संसदले पुरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे । उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पुर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए ।

 

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसी पारित गराएरै छाड्ने प्रतिबद्धता दोहोर्‍याएका हुन् ।  उनले एमसीसी पारित गर्न ढिलाइ गर्न नहुनेमा उनको जोड दिएका थिए ।सभामुख चयनमा ढिला भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबका दिनमा ढिलासुस्ती गर्न नहुने धारणा राखे। साथै उनले कोरोना भाइरस नियन्त्रणामा सरकार लागि परेको बताए।

 

उनले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताएका थिए ।

 

'नया बर्ष २०२० लाई हामीले नेपाल भ्रमण बर्षको रुपमा अगाडि सारेका छौ । यसमा अलिकति सुरु मै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पुर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा सरकार लागेको छ ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार